ad ad

समाज


अपडेट : पर्वतमा बाढीले बगाएको कार भेटियो, यात्रुको अवस्था अज्ञात

अपडेट : पर्वतमा बाढीले बगाएको कार भेटियो, यात्रुको अवस्था अज्ञात

नेपालखबर
असार २३, २०७८ बुधबार १०:४,

पर्वतको कुस्मामा गएराति बाढीले बगाएको कार फेला परेको छ। बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्र.३–०१०२३च३६४२ नम्बरको कार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए।

कारमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, कार चालक इन्द्र थारुसहितका यात्रु सवार थिए। सुरुमा प्रहरीले कारमा अर्का स्थानीयसहित तीन जना सवार रहेको जानकारी गराए पनि स्थानीयले भने कारमा ओभरसियर आचार्य र चालक चौधरीमात्रै सवार रहेका बताएका छन्। 

‘मोदी नदीको बीचमा कारको केही भाग देखिएको छ,’ डिएसपी बुढाथोकीले नेपालखबरसँग भने, ‘त्यसमा सबार यात्रुको अवस्था भने अज्ञात छ। हामी उहाँहरुको खोजी गरिरहेका छौँ।’ मोदी नदीमा अहिले पनि ठूलो बाढी आइरहेकाले कारलाई बाहिर निकाल्न नसकिएको उनले बताए।

उनीहरु सडक निर्माणस्थलबाट बास बस्ने क्याम्पमा जाँदै गर्दा एक्कासी उर्लिएर आएको खहरे खोलाको बाढीमा परेका स्थानीयले बताएका छन्। उद्धारको लागि अहिले गण्डकी प्रदेशको विपत व्यवस्थापन गुल्मका सुरक्षाकर्मी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन भएको छ।

सुन्दर खोलामा आएको बाढीले नदी किनारका केही घर र टहरा पनि बगाएको प्रहरीले जनाएको छ।

यो पनि

पर्वतमा बाढीले गाडी बगाउँदा इन्जिनियरसहित तीन जना बेपत्ता

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .