अमेरिकामा ७ महिनाको अवधिमा ४ सयभन्दा बढी स्थानमा गोलाबारीको घटना भएका छन्।
सो गोलीकाण्डमा परेर कम्तिमा १५० जनाको मृत्यु भएको ‘गन भायोलेन्स आर्काइभ’लाई उदृत गर्दै सीएनएनले जनाएको छ।
जनवरीदेखि जुलाई ४ सम्मको तथ्यांकलाई हेर्दा अमेरिकामा बन्दुकबाट हुने हिंसा बढ्दो छ। तथ्यांकलाई मध्यनजरगर्दा अमेरिकामा दैनिक दुई गोलीकाण्डका घटना हुने गरेका छन्।
तर गत शुक्रबारदेखि आइतबारसम्मको तथ्यांक हेर्दा सो ७२ घण्टाको अवधिमा २१ वटा गोलीकाण्डको घटना भएको देखियो। सो घटनामा परेर २६ जनाले ज्यान गुमाएका थिए।
अधिकारीहरुका अनुसार जुलाई ४ अर्थात आइतबारमात्र अमेरिकामा १२ गोलीकाण्डका घटना भएका थिए। सो घटनामा १३ जनाको मृत्यु भएको थियो।
अमेरिकामा गोलीकाण्डको घटना बढ्न थालेपछि त्यहाँ ‘एजल्ट राइफल’ बन्दुक प्रतिबन्ध गरिनुपर्ने आवाज उठ्दै आएको छ।
Shares
प्रतिक्रिया