ad ad

समाज


बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

नेपालखबर
असार २१, २०७८ सोमबार २१:२३,

बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको छ।

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो। खत्रीको शव आज दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए।

योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .