ad ad

समाज


फिलिपिन्स अपडेटः सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या पुग्यो २९, ५० घाइते

फिलिपिन्स अपडेटः सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या पुग्यो २९, ५० घाइते

नेपालखबर
असार २०, २०७८ आइतबार १८:३२,

फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २९ पुगेको छ।

सीएनएनका अनुसार हालसम्म २९ जनाको मृत्यु हुँदा ५० जनाको जिवित्तै उद्धार गरिएको छ। 

९२ जना सवार विमान दुर्घटनामा परेको हो। १३ जनाको अवस्थाको बारेमा हालसम्म केही बताइएको छैन। 

सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताएका छन्।

स्थानीय सञ्चार माध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ। विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ।
 

सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .