ad ad

समाज


फिलिपिन्समा ९२ यात्रु सवार सैन्य विमान दुर्घटना, १५ जनाको उद्धार

फिलिपिन्समा ९२ यात्रु सवार सैन्य विमान दुर्घटना, १५ जनाको उद्धार

(तस्बिर: ट्विटर)


नेपालखबर
असार २०, २०७८ आइतबार ११:५७,

फिलिपिन्समा ९२ यात्रु सवार एउटा सैन्य विमान दुर्घटनामा परेको छ।

आइतबार दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परेको त्यहाँका सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई जानकारी दिए।

जोलो टापुमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त बनेको बताइएको छ। जलिरहेको विमानबाट हालसम्म १५ को उद्धार गरिएको छ।

हाल उद्धार कार्य जारी छ। सेना प्रमुख सोबेजानाले भनेका छन्,‘उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेका छन्। धेरै मानिसको ज्यान बचाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’

फिलिपिन्सको दक्षिणी क्षेत्रमा कयौं चरमपन्थी गुटको अड्डा छ। सोही कारण त्यहाँ धेरै सेनाहरु तैनाथ गर्दै आइएको छ।

40 rescued after C-130 military plane crashes in Philippines - World News

Philippines Military Plane Carrying 85 Persons Crashes

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .