ad ad

समाज


टोखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु, एक घाइते

टोखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु, एक घाइते

नेपालखबर
असार २०, २०७८ आइतबार ९:१,

काठमाडौंको टोखामा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

गएराति करिब ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २२ वर्षीय दिपेश थापाको मृत्यु भएको हो। 

अधिकारी र थापासहित प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३० वर्षीय सागर खतिवडा घाइते भएका छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .