ad ad

समाज


नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, बिपी राजमार्ग एकतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, बिपी राजमार्ग एकतर्फी सञ्चालन

नेपालखबर
असार २०, २०७८ आइतबार ८:४३,

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने ठाउँमा शनिबार राति १० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको छ। तर, पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। 

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै यो सडक सञ्चालनमा आएको थियो। बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्ने र पन्छाउने क्रम चलिरहेको छ।

यसैबीच अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो माटो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाएपछि एकतर्फी रुपमा सडकमा गाडि चल्न थालेका इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सवारी साधनको लामो जाम लाइन लागेको थियो। अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउन प्रहरी र स्थानीयबासिन्दाले सहयोग गरेका छन्। 

 शुक्रबार ‘रातिदेखि नै बाढीका कारण सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा प्रहरी चौकी नेपालथोकबाट खटिएको प्रहरी टोली, रोशी गाउँपालिका र सडक आयोजनाको सक्रियतामा सडक खुलाउने काम भएको थियो।

खोलामा अझै बाढी आइरहेका कारण डोजरको प्रयोग गरेर एकतर्फी भए पनि अहिलेका लागि सडक खुलाइएको खड्काले बताए। सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो।

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका कर्मचारी चन्द्रबहादुर लामाले बाढीले राजमार्ग अवरुद्ध भएपछि सडक आयोजनाले दुई वटा जेसिबी र एउटा लोडर प्रयोग गरेर सडकमा थुप्रेको लेदो हटाएर यातायात सञ्चालनमा ल्याएको जानकारी दिए।

अहिले पनि खोलामा बाढी आइरहेको कारण जेसिभीलाई तयारी अवस्थामा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .