ad ad

प्रविधि


अमेरिकाद्वारा प्रतिबन्धित हुवावेको एन्टिना प्रयोग गर्न क्यानडामा स्वीकृति

अमेरिकाद्वारा प्रतिबन्धित हुवावेको एन्टिना प्रयोग गर्न क्यानडामा स्वीकृति

नेपालखबर
असार १, २०७६ आइतबार ८:२२,

क्यानडाको सेन्ट जोन्स परिषदले अमेरिकाद्वारा प्रतिबन्धित हुवावेको एन्टिना प्रयोग गर्न स्वीकृति दिएको छ।

हुवावे पश्चिमा देशमा विवादस्पद मानिएको चिनियाँ कम्पनी हो। तर हुवावेको एन्टिना प्रयोग गर्न पाउनुपर्ने रोजर्स कम्युनिकेसनले सेन्ट जोन्स परिषदमा अनुरोध गरेको थियो।

गत सोमबार परिषदले हुवावेको एन्टिना प्रयोग गर्न पाउने पक्षमा बहुमत दिएको जनाइएको छ। अब रोजर्स कम्युनिकेसनले हुवावेद्वारा निर्मित ९ वटा एन्टिना प्रयोग गर्नेछ।

गत महिनादेखि अमेरिकाले हुवावे कम्पनीलाई अमेरिकामा कालोसूचीमा राखेको छ। हुवावे चिनियाँ सरकारको जासुसीको माध्यम भएको अमेरिकी अरोप छ।

Image result for trump vs huawei

अमेरिकी आग्रहमा वेलायत, अस्ट्रेलिया लगायतका राष्ट्रले हुवावेलाई प्रतिबन्ध लगाइसकेको छ।

हुवावेले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ। क्यानडास्थित न्युफाउन्डल्यान्ड र लाबारडोर क्षेत्रमा सेन्ट जोन्स परिषदले त्यहाँको प्रशासन हेर्दै आएको छ। त्यहाँ हुवावेका सामाग्रीलाई स्वीकृति दिइएको हो।

क्यानडामा हुवावेकी वित्त प्रमुख मेङ वान्जु पक्राउ परेको अवस्थामा क्यानडामै हुवावेको सामाग्रीलाई स्वीकृति दिइएको हो।

अमेरिकी आग्रहमा गत डिसेम्बरदेखि वान्जु क्यानडाको नियन्त्रणमा छिन्। हुवावेले इरानमाथिको अमेरिकी प्रतिबन्ध तोडेको साथै अन्य आरोपका विषयमा अनुसन्धान गर्न वान्जुलाई पक्राउ गरेको बताउँदै आएको छ।

पछिल्लो समय हुवावेले क्यानडामा फाइभ–जी प्रविधि निर्माण गर्ने समाचारहरु सम्पे्रषण भएका छन्। सीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .