दुर्घटनामा परी गम्भीर घाइते भएका मानिसहरुको चोटको प्रकृति हेरेर उनीहरुको शरीर सिलाइन्छ, टाँका लगाइन्छ।
केहीको हाड भाँच्चिएको हुन्छ। हाडलाई जोड्न शरीरभित्र स्टिल पसाइन्छ। यस्तो कार्य कुशल चिकित्सकलेमात्र गर्न सक्छन्।
यस्तो अवस्थामा यदी उपचार असफल भए मानिसको ज्यानै जानसक्ने खतरा उत्पन्न हुन्छ।
यस्तै खतरालाई मध्येनजर गर्दै इजरायलको टेकनियन इन्स्टिच्युट अफ टेक्नोलोजीले ‘मेडिकल ग्लु’ को बिकास गरेका छन्।
‘ग्लु गन’ मार्फत चोट लागेका स्थानमा औषधी छिराएपछि शरीरमा टाका लगाउनु पर्ने स्टिल लगाउनु पर्ने झन्झट नै नुहने बताइएको छ।
इन्स्टिच्युटका प्राध्यापक बोआज मिराहीले मेडिकल ग्लु प्रविधि निकै भरपर्दो हुने बताए।
चोट लागेका स्थानमा मेडिकल ग्लुमार्फत रगतको बहाबलाई रोक्न सकिन्छ भने चोटमा दबाइ भरिने भएकाले चोट पनि चाँडै निको हुनेछ।
यस उपचार पद्धति जनवारमा सफल भइसकेको छ। मानवमा परीक्षण गर्ने नगर्ने भनेर यतिबेला चिकित्सकहरुबीच छलफल भइरहेको छ। द टाइम्स अफ इजराइल
प्रतिक्रिया