ad ad

प्रविधि


माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्या नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्या नाडेला नियुक्त

नेपालखबर
असार ५, २०७८ शनिबार ८:४०,

माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत सिइओ थिए।

भारतीय मुलका नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए।

उनी अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहेको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएको हो।

कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए। संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।

अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ।

कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .