ad ad

प्रविधि


चीनले आफैंले बनाएको अन्तरिक्ष केन्द्रमा मानव पठाउँदै, अर्को साता उडान

चीनले आफैंले बनाएको अन्तरिक्ष केन्द्रमा मानव पठाउँदै, अर्को साता उडान

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १०:३६,

यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ।

चीनले पहिलोपटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ।

उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने ‘स्पेसवाक’ निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो।

लङ मार्च–२ एफ वाई १२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ। यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा पठाउने छ।

चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ। हाल तियान्हेको वजन करिब ७० टन छ। चीनले चार पटक अन्तरिक्ष यात्रीहरु अन्तरिक्षमा पठाउने योजना बनाएको छ।

चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरुमा वरिष्ट अन्तरिक्ष यात्रीहरु, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन्।

चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरु रहेका छन्।

हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन्।

यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .