ad ad

प्रविधि


प्रमुख संचारमाध्यमका वेबसाइटहरु खुल्न थाले, यसकारण समस्या निम्तिएको रहेछ...

प्रमुख संचारमाध्यमका वेबसाइटहरु खुल्न थाले, यसकारण समस्या निम्तिएको रहेछ...

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ११:५६,

ती वेबसाइटहरु केहीबेरका खुलेका थिएनन्। जसका कारण ह्याकिङ भएको अनुमान गरिएको थियो।

न्युयोर्क टाइम्स, फाइनान्सियल टाइम्स, ब्लुमबर्ग, सीएनएन, बीबीसी, ला मोन्डे, द गार्जियन लगायत प्रमुख संचारमाध्यमको वेबसाइट बन्द हुँदा अमेजन, रिडइट, ट्विच तथा बेलायत सरकारको सरकारी वेबसाइट एक्कासी चल्न छाडेको थियो।

यतिबेला सबै वेबसाइटहरु खुल्न थालेको बीबीसीले जनाएको छ। माथि उल्लेखित वेबसाइट खोल्न खोजिँदा "Error 503 Service Unavailable" को चिन्ह आएको थियो।

यतिबेला वेबसाइटहरु नखुल्नुको कारण खुलेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार क्लाउड कम्प्युटिङ कम्पनी ‘फास्टली’मा समस्या आउँदा विश्वभरका वेबसाइटमा समस्या देखिएको जनाइएको छ।

फास्टलीले आफ्नो ग्लोबर कन्टेन्ट डेलिभेरी नेटवर्क सीडीएनमा समस्या आएको र त्यसलाई समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।

फास्टलीले ‘एज क्लाउड’ संचालन गर्दछ। यसले विश्वभरका वेबसाइटको गतिका साथै वेबसाइटमा आउने समस्या र साइबर आक्रमणको समस्यालाई सुल्झाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .