ad ad

प्रविधि


चार असफलतापछि स्पेसएक्सको रकेट पहिलोपटक अवतरण गर्न सफल (भिडिओ)

चार असफलतापछि स्पेसएक्सको रकेट पहिलोपटक अवतरण गर्न सफल (भिडिओ)

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ८:२९,

चारपटक ल्यान्डिङका क्रममा विस्फोट भएको स्टारसिप पाँचौंपटकको प्रयासमा उडेर ल्यान्ड गर्न सफल भएको हो।

बुधबार साउथ टेक्ससमा मंगल ग्रहमा पठाउने रकेटको परीक्षण भएको थियो। १० किलोमिटरमाथि आकाशमा उडेर पलिलोपटक यो रेकट अवतरण गर्न सफल रह्यो।

यो रकेट १२० मिटर अग्लो छ। यो सफलतापछि स्पेसएक्स खुशी भएको छ। मस्कले पनि खुशी व्यक्त गरेका छन्।

मंगल ग्रहमा पठाउनका लागि यो स्टारसिप रकेट प्रयोग हुने भएकाले अझै यस्ता कयौं चरणका परीक्षण हुनेछन्।

स्टारसिप रकेटबाटै इलोन मस्कले मानिसलाई चन्द्रमामा पठाउने बताउँदै आएका छन्।

सन् २०२३ मा यसै रकेटमा जापनी अर्बपति युसाकु मेजावा चन्द्रमामा घुम्न जाने पहिलो पर्यटक बन्दैछन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .