ad ad

प्रविधि


ऐतिहासिक मोडमा नासा, मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउँदै

ऐतिहासिक मोडमा नासा, मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउँदै

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ९:२३,

मंगल ग्रहमा हेलिकप्टर उडाउने नासा विश्वकै पहिलो अन्तरिक्ष संस्था हुन लागेको हो।

नासाको अन्तरिक्षयानले मंगल ग्रहमा पुर्याएको यस हेलिकप्टरले मंगल ग्रह खोज अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस हेलिकप्टरलाई ‘इनजेन्युटि मार्स–कोप्टर’ भनिएको छ। यसले ३० सेकेन्डसम्म ३ मिटरसम्म उडेर अवतरण गर्ने बीबीसीले जनाएको छ।

मार्सको सतहमा हेलिकप्टर कहिल्यै नउडाइएकाले नासाले यो कार्य चुनौतीपूर्ण भएको बताएको छ।

नासाका वैज्ञानिक सिस्टम इन्जिनियर फरा अलिबेका अनुसार पृथ्वीमा मानिसले सय वर्षभन्दा बढी समयदेखि हेलिकप्टर उडाएका छन्। यतिबेला मान्छेले अर्को ग्रहमा गएर सोही कार्य गर्नु अविश्वसनीय कार्य हो।

गत फेब्रुअरी महिनामा नासाको पर्सिभिअरेन्स रोभर मंगल ग्रहको जेजेरो क्रेटर भन्ने स्थानम अवतरण गरेको थियो। सोही रोभरमा यो हेलिकप्टर थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .