ad ad

प्रविधि


‘वेलायतबाट हुवावे अलग गरिए गलत सन्देश जानेछ’

‘वेलायतबाट हुवावे अलग गरिए गलत सन्देश जानेछ’

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार ९:१७,

हुवावेको फाइभ–जी प्रविधि वेलायतबाट अलग गरिए यसले गलत सन्देश दिने वेलायतका लागि चिनियाँ राजदूत लिउ जियोमिङले बताएका छन्।

वेलायती टेलिभिजन कार्यक्रम बीबीसी न्युजनाइटसँग कुरागर्दै लिउले चिनियाँ लगानीकर्ताले वेलायतमा लगानी गर्न चाहेको बताउँदै चिनियाँ प्रविधि सामाग्री वेलायतबाट अलग हुन नुहने धारणा राखेका हुन्।

Liu Xiaoming spoke to BBC's Newsnight programme

लिउ

हाल वेलायती मोबाइल ओपरेटरहरुले वेलायतले हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने कि नगर्ने भनेर स्पष्टिकरण मागिरहेका छन्।

अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाइसकेको अवस्था छ। अमेरिका हुवावेलाई चिनियाँ सरकारको जासुसी गर्ने माध्यमको रुपमा लिन्छ। बीबीसीसँग लिउले हुवावे राम्रो कम्पनी भएको बताए।

उनले हुवावेले वेलायतका ७ हजार नागरिकलाई रोजगारी प्रदान गरेको समेत बताए। उनले भने,‘यदी हुवावे र वेलायतबीच सहकार्य भए दुवैको भविष्य निकै उज्वल हुनेछ।’ एजेन्सी

Image result for huawei 5g

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .