२९.६ किलोमिटरमध्ये २२.९ किमी पुल र ६.७ किलोमिटर सुरुङ मार्ग रहेको सो पुलको पूर्ण लम्बाइ ५५ किलोमिटर छ।
‘यो पुलले सबै खाले जोखिम पार गरिसक्यो र हामी यसलाई केही महिनामै प्रयोगमा ल्याउने तयारीमा छौँ,’ सो पुलको व्यवस्थापकीय निर्देशक झु योङलिङको भनाइ सिन्ह्वाले उधृत गरेको छ।
सो पुलमा ४ लाख २० हजार टन स्टिल प्रयोग भएको जनाइएको छ। जसबाट ६० ओटा आइफेल टावर निर्माण गर्न सकिने जनाइएको छ। त्यस्तै १० लाख क्युबिक मिटरभन्दा बढी सिमेन्ट सो पुलमा प्रयोग भइसकेको छ।
पुल निर्माणपछि हङकङ र जुहाइबीचको यात्रा समय ३ घण्टाबाट ३० मिनेटमा झर्नेछ। एजेन्सी
प्रतिक्रिया