यस्तो अवस्थामा तपाइँले पुरानै डिजाइन पनि प्रयोग गर्न सक्नुहुन्छ। दुईवटा तरिका अपनाएर तपाइँले पुरानो डिजाइनमा ट्वीटर चलाउन सक्नुहुन्छ।
पहिलो तरिकाअनुसार तपाइले लग इन भइन्जेलमात्र पुरानो ट्वीटर प्रयोग गर्न सक्नुहुन्छ। ट्वीटर लग आउट भएपछि भने फेरि खोल्दा नयाँ डिजाइन नै देखाउँछ।
यस्तो गर्नुहोस्ः
–ट्वीटर लग इन गरेर मोरमा More क्लिक गर्नुहोस्। यो प्रोफाइलको देब्रेपट्टी छ।
–त्यसपछि सेटिंग्समा Settings क्लिक गर्नुहोस्। त्यहाँ केही अप्सन देखिन्छ।
–अप्सनमध्ये अबाउट ट्वीटरमा About Twitter क्लिक गर्नुहोस्।
–दाहिने पट्टीको लिस्टमा डिरेक्ट्री Directory भनेर अप्सन देखाउँछ। त्यसैमा क्लिक गर्नुहोस्।
–त्यसपछि होम Home ट्याबमा क्लिक गर्नुहोस्। तपाइँले पुरानो डिजाइन पाउनु हुनेछ।
पुरानो डिजाइनको ट्वीटर चलाउने दोस्रो तरिका पनि छ। यसको लागि तपाइँले गुगल क्रोम अथवा फायरफक्स ब्राउजरमा जानुहोस्।
त्यहाँ तपाइँले गुडट्ीवटर नामको एक्सटेन्सन डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ। यसरी तपाइँले पुरानो ट्वीटर प्रयोग गर्न सक्नुहुन्छ। एजेन्सी
Shares
प्रतिक्रिया