ad ad

प्रविधि


क्यापिटल वानमा महिला ह्याकरको साइबर आक्रमण, १० करोड मानिसको डेटा चोरी

क्यापिटल वानमा महिला ह्याकरको साइबर आक्रमण, १० करोड मानिसको डेटा चोरी

नेपालखबर
साउन १४, २०७६ मंगलबार १२:२६,

अमेरिकाको वित्तीय सेवा प्रदायक कम्पनी ‘क्यापिटल वान’मा साइबर आक्रमण भएको छ।

 क्यापिटल वानका कम्प्युटरहरु ह्याक हुँदा १० करोड ६० लाख मानिसको डेटाहरु चोरी भएको बीबीसीले उल्लेख गरेको छ।

 सूचना चोरी हुने कम्पनीका ग्राहकहरु अमेरिका र क्यानडाको भएको जनाइएको छ।

 उक्त ह्याकिङमा महिला समावेश भएको आशंका गरिएको छ। पेज थम्पसन नाम गरेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

 यस अगाडि धेरैपटक थम्पसनमाथि ह्याकिङका आरोपहरु लागेका थिए। क्यापिटल वानका अनुसार चोरी भएका डेटामा मानिसको नाम, ठेगाना, फोन नंबर रहेका छन्।

Image result for capital one card hack

 कम्पनीका अनुसार ह्याकर ग्राहकको क्रेडिट कार्ड अकाउन्ट नम्बरसम्म भने पुग्न पाएनन्। ह्याकिङबाट डेटा चोरीको यस घटना अहिलेसम्मकै ठूलो भएको जनाइएको छ।

 क्यापिटल वान अमेरिकाको सबैभन्दा बढी क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो। यसले अमेरिकाका विभिन्न कम्पनीसँग सहकार्य गरेको छ।

 क्यापिटल वानका अनुसार यदी ह्याकिङबाट क्रेडिट कार्ड र बैंक अकाउन्टको जानकारी चोरी भएको भए यसले ठूलो समस्या खडा गर्ने थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .