प्रविधि

Subisu PackageSubisu Package

केसीसी एक्जिबिट–२०१९ सुरु


नेपालखबर
काठमाडौं, साउन १०

सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा गेमस्टल, चार वटा खाजा स्टलसहित केसीसी एक्जिबिट–२०१९ शुक्रबार सुरु भएको छ।

निपुण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनीको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरे।

शुक्रबार बिहान केसीसी एक्जिबिट–२०१९ समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुनारले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताए।

‘सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने, ‘युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा जगत्ले चाँडो उपयोग गर्नुपर्छ।’

कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले भने, ‘प्रदर्शनी दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास हो।’ उनले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा चर्चा गरे।

कार्यक्रममा बोल्दै नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले भने, ‘सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दीगोपनका लागि समेत प्रयोग गर्न सकिन्छ।’ कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले दीगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए। हालै दुईवटा कलेजलाई भर्ना लिन नपाउने गरी पत्र काटेको भन्दै उनले स्तरीय इन्जिनियरिङ शिक्षामा जोड दिए।

कार्यक्रम शनिबारसम्म चल्नेछ। शनिबारका कार्यक्रममा ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जीएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुनेछन्। कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ। उक्त दुईदिने प्रदर्शनीमा २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ। रासस

साउन १०, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors