ad ad

प्रविधि


किताबजस्तै पल्टाउन सकिने सामसुङ ग्यालेक्सी फोल्ड सेप्टेम्बरमा लन्च हुने

किताबजस्तै पल्टाउन सकिने सामसुङ ग्यालेक्सी फोल्ड सेप्टेम्बरमा लन्च हुने

नेपालखबर
साउन ९, २०७६ बिहिबार ६:४१,

यस फोन गत अप्रिलमै लन्च हुने भनिएको थियो तर समिक्षाको चरणमा यस फोनको डिस्प्लेमा समस्या देखिएपछि फोन बजारमा पठाइएको थिएन।

सामसुङले फोनको समस्या सुल्झिएको बताएको छ। यस फोनको मूल्य २ हजार अमेरिकी डलर रहेको छ।

दक्षिण कोरियाली कम्पनी सामसुङले फोल्डिङ फोन ल्याएसँगै चिनियाँ कम्पनी हुवावे र सायोमीले समेत फोल्डिङ फोन ल्याउने तयारी गरेको बताइएको छ।

ती कम्पनीहरुले आफ्नो फोन कस्तो हुनेछ भनेर जानकारी गराइसकेका छन्। सामसुङले पहिलो फोल्डिङ फोन ल्याएपछि मोबाइल फोनको बजारमा क्रान्ति ल्याएको बताइएको छ।

यसले आइफोन निर्माता कम्पनी एप्पललाई दबाब दिएको अनुमान गरिएको छ। एप्पल भने हाल आइफोन ११ को तयारीमा छ। फोल्डिङ फोनबारे उक्त कम्पनीले कुनै जानकारी दिएको छैन।

ग्यालेक्सी फोल्डको फिचर यस्ताे

सामसुङ ग्यालेक्सी फोल्ड किताबजस्तै फोल्ड गर्न सकिने फोन हो।

यसको मूल्य २ हजार अमेरिकी डलर तोकिएको छ। पेन्सिल बक्स जस्तो देखिने यस फोन पुरा खोल्दा ७ दशमलब ३ इन्चको हुन्छ।

यसको मतलब फोल्डहुँदा मोबाइल फोन बन्छ भने पुरा किताबजस्तो खोल्दा ट्याबलेट जस्तो हुन्छ।

यस फोनमा एकै पटक तीनवटा एप्लीकेशन प्रयोग गर्न सकिनेछ। यसको लागि एपलाई ट्याबलेट मोडबाट फोन मोडमा परिवर्तन गर्नुपर्छ।

दुईवटा व्याट्रि हुने यस फोनको व्याट्री व्याकअप समेत मजबुत रहेको छ। ६ वटा क्यामेरा भएको यस फोनमा जताबाट पनि फोटो खिच्न सकिनेछ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .