ad ad

प्रविधि


भारतले सफलतापूर्वक चन्द्रयानको प्रक्षेपण गर्‍याे, सेप्टेम्बरमा चन्द्रमामा पुग्ने

भारतले सफलतापूर्वक चन्द्रयानको प्रक्षेपण गर्‍याे, सेप्टेम्बरमा चन्द्रमामा पुग्ने

नेपालखबर
साउन ६, २०७६ सोमबार ९:३८,

सोमबार अपरान्ह चन्द्रयान २ अभियान अन्तर्गत आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेण गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले जनाएको छ।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ। चन्द्रयान २ अभियान भारतको सोही अभियान हो।

रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन्। भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ।

एएफपीका अनुसार अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतको यो अभियान हालसम्मकै सबैभन्दा सस्तो मानिएको छ।

आगामी सेप्टेम्बर महिनासम्ममा भारतको चन्द्रयान चन्द्रमामा अवतरण गर्नेछ। भारतीय अधिकारीहरुका अनुसार चन्द्रयान २ ले अागामी सेप्टेम्बरको पहिलो हप्तासम्ममा अपरिचित दक्षिणी ध्रुवमा अवतरण गरिसक्नेछ।

भारतीय वैज्ञानिकहरुका अनुसार चन्द्रमाको उक्त इलाका निकै जटिल छ। त्यहाँ पानी र जीवाश्मा भेटिनसक्छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .