प्रविधि

Subisu PackageSubisu Package

भारतको चन्द्र अभियानः चन्द्रयान सोमबार प्रक्षेपण हुँदै

चन्द्रयान


नेपालखबर
नयाँदिल्ली, साउन ६

भारतले सोमबार चन्द्रयान प्रक्षेपण गर्ने भएको छ। यसै महिना जुलाई १४ तारिखका दिन प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आज सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने जनाएको छ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ। चन्द्रयान २ अभियान भारतको अन्तरिक्षयान चन्द्रमामा पठाउने महत्वकाँक्षी योजना हो।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ।

रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन्। भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ।

एएफपीका अनुसार अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतको यो अभियान हालसम्मकै सबैभन्दा सस्तो मानिएको छ।

संयुक्त राज्य अमेरिकाले यस्तै अभियानका लागि करिब २५ अर्ब डलर अर्थात् आजको मूल्यमा १०० अर्बभन्दा बढी खर्च गरेको थियो।

अमेरिकाले सन् १९६० र ७० को दशकमा चन्द्रमाका लागि १५ वटा अपोलो अभियान सञ्चालन गरेको थियो।

साउन ६, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors