ad ad

प्रविधि


फाइभजीले कस्तो क्रान्ति ल्याउँदैछ?

फाइभजीले कस्तो क्रान्ति ल्याउँदैछ?

क्याटलिन म्याकग्यारी
साउन ५, २०७६ आइतबार ७:४०,

एउटा पूरा फिल्म केही सेकेन्डमै डाउनलोड गर्न सकिने चर्चा वर्षौँदेखि चलिरहँदा फाइभजीले त्यसलाई वास्तविकतामा परिणत गर्दैछ। गत अप्रिलमा अमेरिकन टेलिकम भेराइजनले शिकागो र मिनेपोलिसका केही भागमा आफ्ना मोबाइल फाइभजी नेटवर्कमा रुपान्तरण गर्‍यो। 

भेराइजनले फाइभजी सेवालाई असीमित योजना भन्दै यसले हरेक महिना कम्पनीको खर्च १० डलरले बढ्ने उल्लेख गरेको छ। सामसङले यसैलाई पछ्याउँदै ग्यालेक्सी एस१० फाइभजी सार्वजनिक गरिसकेको छ। कम्पनीको पहिलो फाइभजी फोन पनि यो नै हो।

अमेरिकाकै अर्को टेलिकम स्प्रिन्टले पनि डल्लास, हस्टन, कान्सास सिटी र एटलान्टामा मे ३० देखि फाइभजी नेटवर्क प्रयोग सुरु गरेको छ। यो नेटवर्क प्रयोग गर्न ग्राहकलाई एलजीको नयाँ भी५० थिन्क्व आवश्यक पर्छ।

अन्य फोन निर्माताहरु जेट्टीई र हुवावेले आफ्नै फाइभजी डिभाइस बनाउने घोषणा गरेका छन्। यो लेखमा अहिलेसम्म घोषणा गरिएका सबै फाइभजी फोनहरुबारे उल्लेख गरिनेछ।

फाइभजीबाट के आशा गर्ने?
एक जना एप्पलका चर्चित विश्लेषककाअनुसार कम्पनीले आगामी वर्ष (सन् २०२० मा) ६.७ इन्च र ५.४ इन्च मोडलका दुई किसिमका फाइभजी फोन ल्याउँदैछ। स्प्रिन्टको फाइभजी नेटवर्क अहिले चार सहरमा उपलब्ध छ। यदि ग्राहकसँग एलजीको नयाँ भी५० थिन्क्व वा एचटीसीको फाइभजी हब छ भने ती स्थानमा उनीहरुले फाइभजीको गति र क्षमता आफैँ अनुभव गर्न सक्छन्। स्प्रिन्टको नेटवर्क प्रविधि भेराइजनको भन्दा फरक छ। यसले धेरै क्षेत्रलाई ‘कभर’ गर्न सक्छ भने डाउनलोड पनि द्रुतगतिमा गर्न सक्छ।

सामसङले भर्खरै सार्वजनिक गरेको १ हजार २ सय ९९ डलर मूल्यको एस१० फाइभजी फोन भेराइजनको फाइभजी नेटवर्कसँग सम्बन्धित छ। उक्त फोन ६.७ इन्चको डिस्प्ले, ६ वटा क्यामरा लेन्स जसमा दुईवटा डेप्थ सेन्सिङ टाइमका फ्लाइट सेन्सरहरु रहेका छन्। यो रिपोर्ट तयार पार्ने सिलसिलामा हामीलाइ फाइभजीको गतिबारे चासो थियो। फोनले १ जीबीपीएस पूरा गर्‍यो। औसत डाउनलोडहरु ७ सय एमबीपीएस भए। जे भए पनि उक्त फोन एलटीई ग्यालेक्सी एस१० भन्दा एकदमै द्रुतगतिको प्रस्तुति दिन सक्षम भयो।

क्वाल्कममा फाइभ–जी हेर्ने बजार निर्देशक इग्नासियो कन्ट्रेराले सन् २०१८को अन्त्यतिर कम्पनीको सम्मेलनमा भनेका थिए, ‘फाइभजीको ग्रहण फोरजीभन्दा द्रुतगतिमा हुनेछ।’ यो प्रविधि केबल द्रुत क्षमता र गतिको स्मार्टफोनका लागि मात्रै होइन। उच्चतम गतिले एक खालको नयाँ अनुभव प्रदान गर्नेछ। कारहरु र स्मार्ट घरहरुसँग अन्र्तसम्बन्धित रहनेछ। यो भनेको एउटा यस्तो संसार हो जहाँ मेसिनहरु एकअर्कासँग कुरा गर्छन्।

नयाँ फाइभजी संसारमा पस्न तपाईंलाई नयाँ फोनको आवश्यकता पर्नेछ। किनभने यो नयाँ प्रविधि पुराना ह्यानसेटमा छैन। ‘फाइभजी पोस्ट–स्मार्टफोन युग हुनेछ’, फाइभजी व्यवसाय र प्रविधिका लागि इन्टेलका जनरल म्यानेजर रोबर्ट जे.टोपोल भन्छन्, ‘फोनहरुबाटै सर्वप्रथम यो प्रविधि आउनेछ।’

five gzteजेटीइको फाइभजी ह्यान्डसेट

अहिले कहाँ छ फाइभजी?
वाइरलेस कनेक्टिभिटीका लागि नियमहरु बनाउने स्ट्यान्डर्ड बडी अर्थात् द थर्ड जेनेरेसन पार्टनरशिप प्रोजेक्ट (तेस्रो पुस्ताको साझेदारी परियोजना)ले सन् २०१७ को अन्त्यतिर फाइभजीको पहिलो विशिष्टीकृत तथ्यमाथि मञ्जुरी गरेको थियो। फाइभजी न्यु रेडियो स्ट्याडर्डको द नन–स्ट्यान्डअलोन विशिष्टीकृत संरचनाभित्र ५० गिगाहर्ज मिलिमिटरको रेडियो वेभ र ६ सयदेखि ७ सय मेगाहर्ज ब्यान्ड कभर गर्छ।
त्यसपछि नै हार्डवेयर निर्मातालाई फाइभजी मोडेमसहितको ह्यान्डसेट बनाउने बाटो खुलेको हो। तर ननस्ट्यान्डअलोन स्पेसिफिकेसनले भने एलटीइलाई एंकरको रुपमा फाइभजी विकासमा काम गर्छ। सन् २०१८ को जुनमा, उक्त स्ट्यान्डर्ड (मानक)सँगै फाइभजीबारे नियमहरु बनेका थिए। सोहीअनुसार नेटवर्क सञ्चालकहरुले उक्त स्ट्यान्डर्डअनुसार बनेका सामग्रीबाट सफ्टवेयर सञ्चालन गरिरहेका छन्।

सबैभन्दा महत्वपूर्ण कुरा त फाइभजी डिभाइसहरुले अस्तित्वमा रहेका एलटीइ नेटवर्कसँग राम्ररी काम गर्नुपर्छ। किनकि जहाँ फाइभजी कभरेज हुँदैन, नयाँ रेडियोहरु एलटीइ कनेक्सनसँग उपलब्ध हुन अप्टिमाइज्ड हुन्छन्। सोही कारण नन–स्ट्यान्डअलोन अर्थात् परस्पर मिल्न सक्ने गरी काम गर्ने विशिष्टीकृत सेवा प्रदायक प्रविधि पहिला आएको हो।

क्वाल्कम र इन्टेलजस्ता कम्पनीहरुले अहिले कार, फोन, स्मार्टहोम डिभाइस र अन्य डिभाइसका लागि फिट हुने फाइभजी मोडेम विकास गर्न काम गरिरहेका छन्। ती रेडियोहरु परीक्षणकै क्रममा छन्। यिनीहरुलाई एकअर्का नेटवर्क अपरेटर र पूर्वाधारसँग मिल्न सक्ने र काम गर्ने बनाउन लागिएको छ।

इन्टेलका टोपोलका अनुसार यसअघि नै दुई कम्पनीले धेरै परीक्षण गरिसकेका छन् भने व्यावसायिक रुपमा ल्याउने अन्तिम तयारी गरिसकिएको छ। क्वाल्कमका पार्टपुर्जा सन् २०१९ मै २० भन्दा बढी विश्वका नेटवर्क अपरेटरले प्रयोग गर्नेछन्। यसमा मुख्य अमेरिकी कम्पनी पनि छन्। २० वटा डिभाइस निर्माताहरुले क्वाल्कमको फाइभजीसम्बन्धी पार्टहरु आफ्नो डिभाइसमा प्रयोग गर्न प्रतिबद्ध रहेको बताइसकेका छन्। एटीएन्डटी पछिल्लो समय स्मार्टफोनभन्दा पनि मोबाइलको हटस्पट बनिरहेको छ। कम्पनीले फाइभजी चल्ने डिभाइस नेटगियरले निर्माण गरिरहेको छ।

qualcom

कम्पनीको नाइटहक फाइभजी मोबाइल हटस्पटमा एलटीइ भर्सनका जस्तै ब्यान्डहरु रहेका छन्। अक्टोबरमा एटीएन्टीले हटस्पट र लाइभ मिलिमिटर वेभ फाइभजी नेटवर्कबीच कनेक्सन हुने पहिलो फाइभजी कनेक्सन पूरा गरेको थियो। त्यस्तै भेराइजन पनि आफ्नै फाइभजी हटस्पट बनाउन इनसिगोतिर रुपान्तरण हुँदै छ। दुवै कम्पनीका फाइभजी नेटवर्कका नमूनाहरु गत डिसेम्बरमा हवाईमा भएको क्वाल्कमको टेक समिटमा देखाइएको थियो। यद्यपि ती दुवैले खास फाइभजी गति दिन भने सकेनन्।

स्प्रिन्टले यो वर्षको सुरुतिरै मिलिमिटर वेभ स्पेक्ट्रम ल्याउन कोसिस गरेको थियो। कम्पनीले अहिले आफ्नो नेटवर्क क्षमता र ठूलो मिमोसँगै एलटीइ स्पिडलाई बढाउने प्रविधि निर्माण गरिरहेको छ। कम्पनीले बेस स्टेसनमा रहेको एन्टेनामार्फत धेरै ग्रहण गर्न (रिसिभ) र पठाउन (ट्रान्समिट) सकिने क्षमता वृद्धि र विस्तारलाई जोड दिइरहेको छ। जुन कम्पनीको लागि पनि फाइभजी प्रयोगमा ल्याउने आधार हुनेछ। गत जनवरीमा कम्पनीले व्यावसायिक नेटवर्कमा फाइभजी डाटा ट्रान्समिसनको कार्य पूरा भएको बताइसकेको छ। यही वर्ष कम्पनीले न्युयोर्क, फोनिक्स र वासिङटन डीसीमा पनि सेवा ल्याउने बताएको छ। स्प्रिन्टको नेटवर्कमा चल्ने एलजी भी५० फाइभजी नै पहिलो फाइभजी फोन हुने बताइएको छ।

त्यस्तै टी–मोबाइलले पनि छिटै राष्ट्रव्यापी रुपमा फाइभजी कभरेज गर्ने जनाएको छ। यसका लागि कम्पनीले फाइभजीकै ६०० मेगाहर्ज ‘इक्विपमेन्ट’ तयार गरिसकेको छ। जब फाइभजी सञ्चालनको लागि तयार हुन्छ, टी मोबाइलले मात्रै सफ्टवेयर अपग्रेड गरे पुग्नेछ। सन् २०१८ को फेब्रुअरीमा भएको मोबाइल वर्ल्ड कंग्रेसमा टी मोबाइलले फाइभजी–रेडी इक्विपमेन्ट तयार भएको र सन् २०१९ को उत्तरार्धमा फाइभजी लन्च गर्ने बताएको थियो।

अहिले चिपमेकर र नेटवर्क कम्पनीहरु फाइभजी ल्याउन तीव्र प्रयास गरिरहेका छन्। सोही कारण पनि हामीले यही वर्ष फाइभजी फोनहरुबारे केही थप जानकारीहरु पाउनेछौं। ‘फाइभजी बिल्कुलै नयाँ डिभाइस हुनेछ’, एटीएन्टीका उपप्रमुख गोर्डन म्यान्सफिल्ड भन्छन्, ‘हामीसँग भएका डिभाइसले फाइभजीका नयाँ रेडियो क्षमता सपोर्ट गर्न सक्दैन। हामी निरन्तर रुपमा त्यो डिभाइस पोर्ट फोलियोका लागि काम गरिरहेका छौँ।’

फाइभजीले बढाउनेछ मोबाइल सेटको बजार

यसको मतलब हामीले अहिले किन्ने फाइभजी स्ट्यान्डर्ड भएका फोन पनि फाइभजी नेटवर्कसँग मेल खाँदैन। त्यसकारण हामीले अहिल्यै ह्यान्डसेट किन्ने योजना बुनिरहँदा सोच्नुपर्ने हुन्छ। यता कतिपय आइफोन बोक्नेहरु अपग्रेडबारे सोचिरहेका छन् तर कम्पनीले भने २०२० सम्मलाई फाइभजी चल्ने फ्ल्यागशिप बनाउन रोकिएको छ। ब्लुम्बर्गका अनुसार एप्पलले वायरलेस क्यारियर (नेटवर्क)को प्रतीक्षा गरिरहेको छ। फाइभजी चल्ने फोन सार्वजनिक गर्नुअघि नै उपभोक्ता वा प्रयोगकर्ताले यसबारे धेरै फाइदा लिन सकून् भनेर कम्पनीले सोचेको हो।

अर्को कुरा फोन निर्माताहरुले फाइभजी आउनुको मतलब यो वर्ष धेरैभन्दा धेरै फोनहरु बिक्री हुने अपेक्षा पनि गरिरहेका छन्। एलजी इलेक्ट्रोनिक्सका प्रमुख तथा सीटीओ आइपी पार्कले भन्छन्, ‘मलाई के लाग्छ भने यो वर्ष फाइभजीकै कारण स्मार्टफोन उद्योगकै अपग्रेडको वर्ष हुनेछ।’ त्यस्तै वानप्लसले क्वाल्कमको नयाँ फाइभजी क्षमतायुक्त स्न्यापड्रागन ८५५ डिभाइस प्रयोग गर्ने पहिलो फोन हुने बताइसकेको छ। यो अमेरिकामा भने हुनेछैन। त्यस्तै, एलजी र यसको भी५०, हुवावे र जेटटीईले पनि फाइभजी फोन ल्याउने घोषणा गरिसकेका छन्।

attअमेरिकी टेलिकम एटीएन्टीको फाइभजी हटस्पट डिभाइस

फाइभजी फोनको मूल्यबारे चासो सबैलाई भए पनि ठ्याक्कै कति पर्ने भन्नेबारे निश्चित भइसकेको छैन। तर वानप्लसका सीईओ पेट लाउको अनुमानमा फाइभजी चल्ने फोनको मूल्य अहिलेभन्दा २ सयदेखि ३ सयभन्दा धेरै अमेरिकी डलर पर्नेछ। जुन कम्पनीको अहिलेको वानप्लस ६टीको ५ सय ४९ अमेरिकी डलर पर्छ। कम्पनीले आफ्नो फोनलाई सुलभ मूल्यमा बिक्रीवितरणका लागि कम्पनीले काम गरिरहेको जनाएको छ।

द मोटो जेट३ले समरमै अब आउने फाइभजी मोटो मोडसँग काम गर्ने बताएको छ। यसले फाइभजी नेटवर्क उपलब्ध रहेका स्थानमा फाइभजी कनेक्टिभिटी ग्रहण गर्न सक्छ। भेराइजनको हवाईको अस्थायी फाइभजी नेटवर्कमा १ जीबी फाइल १७ सेकेन्डमा डाउनलोड गरेको हामीले नै अनुभव गर्यौँ। जुन व्यावसायिक फाइभजी नेटवर्कमा अझै द्रुततर रुपमा हुने देखिन्छ।

फाइभजी फोनसँग मात्रै सम्बन्धित छैन
धेरैभन्दा धेरै फाइदा लिने स्मार्टफोन प्रयोगकर्ताले सपना देखेका छन् तर यहाँ उल्लेख भएका फाइभजीसम्बन्धी विषयहरु योभन्दा व्यापक छन्। स्मार्ट होम सेक्युरिटीदेखि स्वचालित कारसम्म, सबै इन्टरनेट जोडिएका डिभाइसहरु एकआपसमा सम्बन्धित रहनेछन्। आउँदै गरेको डाटा युग (एज)मा फाइभजीको महत्व व्यापक हुने कन्जुमर टेक्नोलजी एसोसिएसनका वरिष्ठ बजार अनुसन्धान निर्देशक स्टिभ कोयनिग बताउँछन्। स्वचालित कारहरु यो युगमा आफैँमा महत्वपूर्ण हुनेछन् जसले धेरै किसिमका सेन्सरबाट धेरै सूचनाहरु यसका मोडलमा पुर्याएपछि मात्र यात्रा तय गर्न सक्षम हुन्छन्। यसले अन्य सवारीसाधनबाट समेत सडकको अवस्थाबारे डाटा संग्रहण गरेर लेनमा हिँड्नुपर्ने हुन्छ। यसबाहेक मौसमसम्बन्धी जानकारीदेखि पूर्वाधारसम्म यी कुराहरु जोडिएका हुन्छन्। यसका लागि फाइभजीको उच्च क्षमता र द्रुततर सेवा महत्वपूर्ण हुन आउने उनी बताउँछन्।

कतिपय मुख्य प्रयोगकर्ताका लागि भर्चुअल रियालिटी हेडसेटहरु फाइभजीकै कारण अझै प्रभावकारी बन्न सक्नेछ। एप्पलजस्ता कम्पनीहरु अहिले एआर ग्लासहरुको विकासमा लागिपरेका छन्। जसलाई फाइभजीले सम्भवयोग्य बनाउने देखिन्छ। गत वर्षको मोबाइल वर्ल्ड कंग्रेसमा एरिक्सनले स्मार्ट ग्लासहरु फाइभजीमा कसरी हलुका र द्रुततर हुनसक्छन् भन्ने देखाएको थियो। फोन सामग्रीहरुको तौल घटाउनभन्दा ग्लासहरु प्रोसेसिङ पावरका लागि बाहिरी हार्डवेयरमा आधारित हुन सहज हुनेछन्। अग्मेन्टेट रियालिटी ग्लास र भर्चुअल रियालिटी ह्यान्डसेटले अहिले नै केही गर्न नसके पनि प्रविधि कम्पनीहरुले यसले स्मार्टफोनलाई नै प्रतिस्थापन गर्न सक्ने दाबी गरिरहेका छन्। अब फाइभजीको चर्चा चुलिँदै जाँदा र यसको कार्यान्वयन सुरु हुनै लाग्दा त्यो पनि सम्भव देखिन्छ।

गत वर्ष भेराइजन र नोकियाले लाइभ भिडियो ट्रान्समिसन फाइभजी नेटवर्कमा परीक्षण गरेका थिए। जसमा १.८जीबीपीएसको गति र १.५ मिलिसेकेन्डको लेटेन्सी (विलम्बता)मा फोरके स्ट्रिमिङ ट्रान्सफर सफल भएको थियो। यो पनि आधारभूत रुपमा सानो लेटेन्सी हो। फाइभजीबारेमा अहिले नै धेरै प्रसन्न भइहाल्ने स्थिति भने छैन। यसका लागि धेरै कामहरु गर्नै बाँकी छन्। सन् २०१८ मा फाइभजी प्रविधिको निकै प्रगति भएको छ। सन् २०१९ मा त्यति धेरै नभए पनि सन् २०२० मा भने पाँचौँ पुस्ताको वायरलेस कनेक्टिभिटीले व्यावसायिक रुप लिनेमा ढुक्क हुन सकिन्छ। (टम्सगाइड डटकमबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .