प्रविधि

Subisu PackageSubisu Package

फाइभ–जी प्रविधि स्वास्थ्यका लागि जोखिम नै हो त?

तस्बिर: एजेन्सी


नेपालखबर
लण्डन, साउन १

फाइभ–जी मोबाइल नेटवर्क विश्वमा उदाउँदो छ। यो प्रविधि बेलायतका केही सहरमा जडान भइसकेका पनि छन्। यसका फाइदाबारे सर्वत्र चर्चा भइरहँदा फाइभजी प्रविधिमाथि प्रश्न पनि खडा भएका छन्। मानिसहरु नयाँ प्रविधि स्वास्थ्यका लागि हानिकारक या फाइदाजनक के कस्तो हुने भन्ने प्रश्न गरिरहेका छन्। फाइभ–जीमाथि मानिसको चिन्ता के हो, के त्यस्ता प्रमाण छन् जसले मानिसका प्रश्नलाई समर्थन गर्छ?

फाइभ–जीको फरक पक्ष के हो?

five g 3
पहिलेका मोबाइल फोन प्रविधिजस्तै फाइभ–जीको नेटवर्क पनि रेडियो तरंगको संकेतमा निर्भर हुन्छन्–विद्युत चुम्बकीय भागजस्तै। जुन एन्टिना र फोनबीचमा प्रेषित हुन्छ। हामी हरेक समय विद्युतीय चुम्बकीय विकिरणले घेरिएका छौं। टेलिभिजन, रेडियोको संकेत त्यस्तै विभिन्न प्रविधि, मोबाइल फोन अथवा प्राकृतिक स्रोतजस्तै सूर्यको किरण।

फाइभ–जीले पहिलेका मोबाइल नेटवर्कभन्दा बढी फ्रिक्वेन्सीका तरंगका लहरहरु प्रयोग गर्दछ। यसमा तीव्रगतिको इन्टरनेट सेवा भएको हुनाले धेरै प्राविधिक सामग्रीलाई एकैपटक पहुँच दिन्छ। तर यसका तरंगहरु छोटो दूरीमा मात्र पुग्नसक्छ। त्यसैले फाइभजी नेटवर्कलाई धेरै सतही ट्रान्समिटरको सहायता पर्दछ। पहिलेका प्रविधिमा धेरै ट्रान्समिटरको आवश्यकता पर्दैनथ्यो।

चिन्ता के हो?
हरेक प्रकारका मोबाइल फोन प्रविधिले विद्युत् चुम्बकीय विकिरणको उपयोग गर्दछ। मानिसहरु उक्त चुम्बकीय विकिरणले स्वास्थ्यमा असर गर्ने र क्यान्सरसमेत हुने तर्क गर्छन्। सन् २०१४ मा विश्व स्वास्थ्य संगठन डब्लुएचओले भनेको थियो, ‘मोबाइल फोनको प्रयोगले कुनै किसिमको प्रतिकूल स्वास्थ प्रभाव स्थापित भएको छैन।’

यद्यपि डब्लुएचओले इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)सँग मिलेर रेडियो फ्रिक्वेन्सी विकिरणलाई वर्गीकरण गर्यो। त्यसबेला उसले मोबाइलबाट निस्किने विकिरणले ‘क्यान्सर पनि हुनसक्छ’ भनेको थियो। अर्थात् विकिरणसँग जति नजिक भइन्छ, यसले क्यान्सरको खतरा पनि बढाउँछ। वर्गीकरणअनुसार मसलेदार तरकारी र शरीरमा लगाउने पाउडरले पनि क्यान्सरको जोखिम हुन्छ। मदिराजन्य पदार्थ तथा मासुका परिकारले अझ बढी क्यान्सरको जोखिम हुन्छ।

सन् २०१८ मा अमेरिकी स्वास्थ्य विभागले सार्वजनिक गरेको एक अध्ययनअनुसार पुरुष मुसामा विकिरणले प्रभाव पारेको देखियो। जसले क्यान्सर र मुटुमा ट्युमर हुने सम्भावना देखियो। वैज्ञानिकले पुरुष र महिला मुसालाई त्यसको जन्म भएको पहिलो दिनदेखि प्रत्येक दिन नौ घण्टा मोबाइल छेउमा राखेर दुई वर्षसम्म अध्ययन गरेका थिए। यद्यपि पोथी मुसामा भने क्यान्सरको जोखिम देखिएन। भाले मुसाभन्दा पोथी मुसा नै धेरै बाँचेको देखिएको थियो।

‘मुसामा गरिएको विकिरणको अध्ययन र मानिसमा हुने विकिरण प्रभावलाई सीधा तुलना गर्न मिल्दैन’, एक अनुभवी वैज्ञानिक डाक्टर फ्र्यांक डि भोच्टले भने, ‘केही अध्ययनले मोबाइल धेरै प्रयोग गर्नेमा क्यान्सरको सम्भावना देखे पनि अहिलेसम्म त्यस्तो चित्त बुझ्दो सम्बन्ध फेला पर्न सकेको छैन।’ त्यस्तो देखिएको भए पूर्वसावधानी अपनाउनुपर्ने हुने थियो। यद्यपि यहाँ कयौं वैज्ञानिक र डाक्टरका समूह छन्, जसले युरोपियन युनियनलाई फाइभ–जी प्रविधि रोकिनुपर्छ भन्ने बताइरहेका पनि छन्।

five g2

'रेडियो तरंग हानिकारक छैन'
मोबाइल फोनको नेटवर्कमा प्रयोग हुने रेडियो तरंग हानिकारक नहुने वैज्ञानिकहरु बताउँछन्। क्यान्सरसम्बन्धी अध्ययनकर्ता फिजिसिस्ट डेभिड रोबर्ट ग्रिम्स भन्छन्, ‘योसँग डीएनएलाई छेड्दै हाम्रो शरीरमा हानि गर्ने क्षमता हुँदैन।’ मोबाइल फोनले उपयोग गर्ने फ्रिक्वेन्सीभन्दा बाहिरको विद्युत् चुम्बकीय विकिरणले भने मानिसको स्वास्थ्यलाई असर गर्नसक्छ। उदाहरणको रुपमा सूर्यको परावैजनी किरणले मानिसमा छालाको क्यान्सर हुने सम्भावना हुन्छ। यसबाहेक मेडिकल एक्स–रे र गाम्मा रे किरणले मानिसको शरीरलाई ठूलो असर गर्ने अनुसन्धानकर्ताहरु बताउँछन्।

‘मानिसहरु रेडियो संकेत तथा मोबाइलले उपयोग गर्ने विकिरणले क्यान्सर हुन्छ भन्ने त्रासमा छन् तर हामीले यो बुझ्नुपर्छ कि देखिने किरण रेडियो संकेतभन्दा धेरै शक्तिशाली हुन्छन्’, वैज्ञानिक ग्रिम्स भन्छन्। उनी भन्छन्, ‘अहिलेसम्म मोबाइल फोन र तारविहीन नेटवर्कले मानिसको स्वास्थ्यमा समस्या सिर्जना गरेको चित्त बुझ्दो उदाहरण अहिलेसम्म देखिएको छैन।’

फाइभ–जीको ट्रान्समिटरबाट चिन्तित हुनुपर्छ? 
फाइभ–जी प्रविधिका लागि धेरै बेस स्टेसन तथा ट्रान्समिटरको निर्माण गर्नुपर्ने हुन्छ। यस्ता सामग्रीले हाम्रो फोनमा संकेत प्रदान गर्दछ। फोर–जी प्रविधिको भन्दा फाइभ–जीको ट्रान्समिटरलगायतका पूर्वाधारहरु कम ‘रेन्ज’मा काम गर्ने भएकाले कम शक्तिशाली हुन्छन्। तर निश्चित क्षेत्रमा प्रभावकारी काम गर्ने भएका कारण फाइभ–जीका लागि धेरै बेस स्टेसनहरु आवश्यक हुन्छ। अर्थात् यसले फोरजी–भन्दा निकै छिटो कार्य गर्दछ।

यसको बेस स्टेसन कमजोर भएका हुनाले यसबाट उत्पन्न हुने विकिरण पनि कम हुने अनुसन्धानकर्ताहरुको भनाइ छ। तर मानिसहरु जति धेरै बेस स्टेसन त्यति नै धेरै विकिरण उत्पन्न हुने तर्क गर्दछन्। फाइभ–जीको मामिलामा त्यस्तो नहुने अनुसन्धानकर्ताहरु बताउँछन्। फाइभ–जी प्रविधि माइक्रोवेभ ब्यान्डबाट सञ्चालिन हुन्छ। यसको मतलब माइक्रोवेभले गर्मी ऊर्जा सिर्जना गर्छ। यद्यपि फाइभ–जीबाट निस्किने गर्मी हानिकारक नभएको वैज्ञानिक प्रोफेसर रोडनी क्रोफ्ट बताउँछन्। बीबीसी

साउन १, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors