ad ad

प्रविधि


चार अर्ब वर्ष पुरानो क्षुद्रग्रहमा पुग्यो जापानी अन्तरिक्ष यान

चार अर्ब वर्ष पुरानो क्षुद्रग्रहमा पुग्यो जापानी अन्तरिक्ष यान

नेपालखबर
असार २६, २०७६ बिहिबार ८:२५,

रियुग्यु एस्टिरोइडमा जापानी रोवोटिक अन्तरिक्ष यान पुगेको जापानको अन्तरिक्ष सम्बन्धी संस्था जाक्सालेले जनाएको छ।

हायाबुसा–२ मिसन अन्तर्गत जापानले क्षुद्रग्रह अध्ययनका लागि रोवोटिक यान सन् २०१४ मा त्यहाँ पठाएको थियो।

सफलतापूर्वक अवतरण गरेर उक्त यानले क्षुद्रग्रहबाट त्यहाँको धातु र माटोको नमूना संकलन गरेको जनाइएको छ।

यसअघि गत फेब्रुअरी महिनामा समेत जापानको रोवोटिक यान अध्ययनका क्रममा सोही क्षुद्रग्रहमा पुगेको थियो।

त्यसबेला समेत जापान क्षुद्रग्रहको अध्ययनका लागि त्यहाँको माटोको नमूना संकलन गर्न सफल भएको थियो।

Japanese scientists celebrating

मुस्कुराउँदै जापानी वैज्ञानिक

क्षुद्रग्रहको अध्ययनबाट सौर्य मण्डलको उत्पती र विकासको बारेमा थप रोचक तथ्यहरु अनुसन्धान गर्न सकिने जापानी वैज्ञानिकहरुको विश्वास रहेको छ।

हायाबुसा २ मिसन अन्तर्गतको यस विमान आगामी वर्ष पृथ्वीमा आइपुग्नेछ। अध्ययन गर्न लागिएको क्षुद्रग्रह साढे ४ अर्ब वर्ष पुरानो भएको बताइएको छ।

बीबीसीका अनुसार उक्त क्षुद्रग्रह पृथ्वीभन्दा २९० मिलियन किलोमिटर टाढा छ। क्षुद्रग्रह ९ सय मिटर चौडा भएको जनाइएको छ।

Ryugu

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .