प्रविधि


‘नेपाली स्याट-१’ प्रक्षेपणको साढे ५ वर्षपछि ‘मुनाल’ प्रक्षेपणको तयारी

‘नेपाली स्याट-१’ प्रक्षेपणको साढे ५ वर्षपछि ‘मुनाल’ प्रक्षेपणको तयारी

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८२ मंगलबार १०:४९, काठमाडौँ

नेपालले पहिलो भू-उपग्रह (नेपाली स्याट-१) प्रक्षेपण गरेको साढे पाँच वर्षपछि अर्को भू-उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढाएको छ। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ प्रक्षेपणको तयारी अधि बढाएको हो।

नास्टले अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौँ विश्वविद्यालय हाईअर स्कुलसहितका संस्थाको सहयोगमा अर्को नासो भूउपग्रह प्रक्षेपणको तयारी गरिएको जनाएको छ। 

यो भू-उपग्रह निर्माण सकिए पनि प्राविधिक समस्याका कारण प्रक्षेपणमा केही ढिलाइ भएको नास्टले जनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इस्रो) अन्तर्गतको न्यु स्पेस इन्डिया लिमिटेडको प्राविधिक सहयोगमा नेपालले ‘मुनाल’ प्रक्षेपणको तयारी अघि बढाएको हो। 

यसअघि ०७६ वैशाख ४ गते नेपालले पहिलोपटक नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरेको थियो।

अमेरिकाको भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालले पहिलो भूउपग्रह प्रक्षेपण गरेको थियो। दोस्रोपटक प्रक्षेपण गर्न लागिएको भूउपग्रह मुनालको तौल पनि करिब एक केजी नै छ। 

यो भूउपग्रह निर्माणमा संलग्न वैज्ञानिक डा.आभास मास्केका अनुसार ‘मुनाल’ यसअघि प्रक्षेपण गरिएको नेपाली स्याट १ भन्दा केही परिस्कृत छ। जसमा दुई वटा क्यामरा जडान गरिएका छन्।

जसले आरजिबी र एनआइआर ब्यान्डका तस्बिरहरू लिने छन् । एआईले उपयुक्त स्थानमा तस्बिर खिच्न मद्दत गर्ने बताइएको छ। यो भूउपग्रह निर्माणमा करिब दुई करोड रुपियाँ खर्च भएको छ। 

उक्त भूउपग्रहको प्रक्षेपणमा सहयोग गर्ने विषयमा नास्ट र इस्रोबिच यसअघि नै सम्झौता भइसकेको छ। नास्टका सचिव डा.रवीन्द्र ढकालका अनुसार अगामी आगामी अक्टोबरसम्ममा यसको प्रक्षेपण हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad