प्रविधि

Subisu PackageSubisu Package

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना


नेपालखबर
काठमाडौं, असार १८

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट सञ्चालनमा आएको छ। 

बुधबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरे।

पहिलो चरणमा नेपाल भित्र चलिरहेका डट कम र डट एनपी का साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरी यो केन्द्र सञ्चालनमा आएको बताइएको छ। यो केन्द्रले नेपाल भित्र सञ्चालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सह सचिव बिरेन्द्र कुमार मिश्रले जानकारी दिए।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा सञ्चालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ। साथै इन्टरनेट प्रोटोकल पछ्याउँदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ।

उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्ने पनि जानकारी दिए।

यो अनुगमन केन्द्रको स्थापना पछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ। यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्ने छ।

 

असार १८, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors