ad ad

प्रविधि


आईफोनका डिजाइनर आइभले एप्पल छाडे, नयाँ कम्पनी खोल्ने

आईफोनका डिजाइनर आइभले एप्पल छाडे, नयाँ कम्पनी खोल्ने

नेपालखबर
असार १४, २०७६ शनिबार १४:१,

विश्व चर्चित प्रविधि कम्पनी एप्पलबाट सर जोनी आइभले विदा लिएका छन्।

एप्पलको सबैभन्दा बढी विक्रि हुने सामाग्री आइफोनका कल्पनाकार वेलायती आइभले एप्पललाई दुई दशकभन्दा लामो समय दिएर कम्पनी छाडेका हुन्।

एप्पललाई विश्वकै सबैभन्दा मूल्यवान व्यवसाय बनाउन उनको महत्वपूर्ण योगदान छ।

आइभले आफूले नयाँ व्यवसाय शुरू गर्न लागेका कारण कम्पनी छाडेको बताएका छन्।

आइभले आईफोनसहित आईपोड र आईम्याकको पनि डिजाइन गरेका हुन्।

आइभले ‘लभफ्रम’ नामक आफ्नै कम्पनी खोल्ने साथै त्यसको पहिलो ग्राहक एप्पल हुने जनाइएको छ।

आइभले कम्पनी छाडेपछि एप्पलका प्रमुख टिम कुकले ’एपललाई पुनर्जीवन दिने उनको भूमिकाका बारेमा बढाएर भन्न नसकिने’ बताएका छन्।

आईफोनको विक्री घटेर एपलका शेयरधनीहरू चिन्तित भएको बेलामा उनको प्रस्थानलाई ठूलो झट्काको रुपमा हेरिएको छ।

बीबीसीका अनुसार आइभका साथी र सहयोगी मार्क न्युसनले पनि लभफ्रममा काम गर्ने बताइएको छ। मार्कले पनि एप्पल छाड्नेछन्।

आइभका नेतृत्वमा बनेका एप्पल सामाग्री
सन् २००४ः आईपोड मिनी
सन् २००७ः आईफोन
सन् २००८ः म्याकबुक एअर
सन् २०१०ः आईप्याड
सन् २०१५ः एपल वाच
सन् २०१६ः एअरपोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .