अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ कम्पनी हुवावेप्रति नरम देखिएका छन्।
ट्रम्पले आफूले हुवावेलाई अमेरिकी प्रविधि खरिद गर्न दिने बताएका हुन्।
जापानको ओसाकामा भएको जी२० सम्मेलनका क्रममा ट्रम्पले यस्तो बताएका हुन्।
केही समययता चिनियाँ कम्पनी हुवावेमाथि ट्रम्प रुष्ट थिए।
उनले सुरक्षा खतरा देखाउँदै हुवावेलाई अमेरिकामा प्रतिबन्ध समेत लगाएका छन्।
शनिबार ओसाकामा बोल्दै ट्रम्पले भने,‘अमेरिकाले हुवावेलाई अधिक मात्रामा सामाग्री बेच्दछ। हामी उक्त सामान बेच्न छाड्ने छैनौं।’
उनले हुवावेको आलोचना भने गरेनन्।
प्रतिक्रिया