अब युट्युबले स्टोरी फिचर हटाउने भएको छ। आगामी जुन २६ देखि लागू हुनेगरी कम्पनीले स्टोरी फिचर हटाउन लागेको हो।
अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा जस्तै युट्युबमा पनि स्टोरी राख्न मिल्ने गरेको थियो। तर, आगामी महिनादेखि उक्त फिचर हटाउने तयारी कम्पनीले गरेको छ।
कम्पनीले कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाउन लागेको जनाएको छ।
छोटो भिडिओ तथा साना पोस्टहरूको लागि शर्ट्स र कम्प्युनिटी पोस्ट उपयुक्त रहेको भन्दै कम्पनीले युट्युब स्टोरी फिचर हटाउन लागेको कम्पनीले बताएको छ।
कम्पनीले सन् २०१७ देखि यो फिचरको सुरुवात गरेको थियो।
78
Shares
प्रतिक्रिया