अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल ट्वीटरमा फर्किएका छन्।
ट्वीटरले उनको प्रतिबन्धित एकाउन्ट फुकुवा गरेको हो। यसअघि कम्पनीका मालिक इलोन मस्कले ट्रम्पलाई ट्वीटरमा प्रतिबन्ध फुकुवा गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा सर्वेक्षण गरेका थिए।
उक्त ट्वीटर पोलमा ५१.८ प्रतिशतले उनीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताएका थिए भने ४८.२ प्रतिशतले प्रतिबन्ध फुकुवा गर्न नहुने बताएका थिए।
मस्कले मानिसहरुको मतलाई स्वागत गर्दै ट्रम्पमाथिको प्रतिबन्ध फकुवा गरिएको बताएका छन्।
यद्यपि ट्रम्पले भने आफूलाई ट्वीटरमा कुनै इच्छा नरहेको बताएका छन्। गत वर्षको जनवरी महिनामा अमेरिकाको संसद भवनमा भएको आक्रमणसँग सम्बन्धित पोस्ट गरेको मुद्दामा ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो।
ट्वीटरले प्रतिबन्ध लगाएसँगै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ लन्च गरेका थिए।
प्रतिक्रिया