ad ad

प्रविधि


वाट्सएपको नयाँ फिचरः म्यासेज तथा फोटो पठाउन गल्ती नहुने

वाट्सएपको नयाँ फिचरः म्यासेज तथा फोटो पठाउन गल्ती नहुने

एजेन्सी
असार ६, २०७६ शुक्रबार ११:४३,

फेसबुकको स्वामित्वमा रहेको वाट्सएपले नयाँ फिचर ल्याउने भएको छ। यस फिचर लामो समयको अनुसन्धानपछि ल्याउन लागिएको बताइएको छ।

यस फिचरले कसैलाई गलत म्यासेज र गलत फोटो पठाउने गल्तीबाट जोगाउनेछ। पहिले म्यासेज अथवा फोटो पठाउँदा एकैपटक म्यासजे र फोटो जान्थ्यो।

हामीले म्यासेज तथा फोटो पठाउन नचाहने व्यक्तिलाई समेत कहिलेकाँही गल्तीले म्यासेज जाने गर्दथ्यो। यसले कैयौंपटक समस्या निम्ताएको छ।

यस्तोमा वाट्सएपले म्यासेज तथा फोटो डिलेड गर्ने सुविधा प्रदान गरेको छ। तर डिलेट गर्न अगाडि पनि प्रयोगकर्ताले हाम्रो म्यासेज देखेको हुनसक्छन्।

वाट्सएपले यसपटक त्यस अवस्थालाई पनि नियन्त्रण गर्न आफ्नो फिचर प्रस्तुत गरेको छ। जसमा हामीले फोटो पठाउने अवस्थामा कसलाई म्यासेज गर्ने हो उसको नाम कन्फर्म गरेपछि मात्र फोटो जानेछ।

यसरी म्यासेज कन्फर्म गर्ने फिचरले गल्तीले जाने म्यासेजको संख्यामा कमी आउने विश्वास गरिएको छ।

यस सुविधा एन्ड्रोइडमा पाइनेछ। आइओएसमा हाललाई यस फिचर प्रदान गरिनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .