ad ad

प्रविधि


चिनियाँ सामाग्रीमा कर बढे एप्पललाई घाटा, हुवावेलाई नाफा

चिनियाँ सामाग्रीमा कर बढे एप्पललाई घाटा, हुवावेलाई नाफा

एजेन्सी
असार ६, २०७६ शुक्रबार ७:५८,

बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले चिनियाँ सामाग्रीमा कर बढाउने योजनाबाट अमेरिकी सरकार पछि हट्नुपर्ने बताएको छ।

हाल अमेरिका र चीन व्यापार युद्धमा होमिएका छन्। दुवै देशले आफ्ना राष्ट्रमा निर्यात तथा आयात हुने सामाग्रीमा भारी कर लगाएका छन्।

अमेरिकाले हालै चीन व्यापार सहमतिमा नआए आफूले चीनका ३ सयअर्ब डलरका सामाग्रीमा कर बढाउने चेतावनी दिएको छ।

एप्पलका अनुसार यदी अमेरिकाले चिनियाँ सामाग्रीमा कर बढाए यसले एप्पललाई घाटा पुग्नेछ, हुवावेलाई नाफा हुनेछ। एप्पलले सरकारलाई पत्र लखेरै चिनियाँ सामाग्रीमा कर नबढाउन आग्रह गरेको हो।

Related image

एप्पल र हुवावे विश्व बजारमा प्रतिस्पर्धी प्रविधि कम्पनी हुन्। एप्पलका अनुसार चीनको हुवावेका सामाग्री अमेरिकामा लोकप्रिय छैनन्। तर एप्पलका सामाग्री चीनमा ज्यादै रुचाइन्छ।

अमेरिकाले चिनियाँ सामाग्रीमा कर बढाए, अवश्य चीनले समेत अमेरिकी सामाग्रीमा कर बढाउने छ।

यस्तोमा एप्पलका सामाग्री महंगीका कारण चीनमा अलोकप्रिय हुनेछन्। जसले एप्पलको व्यापारमा असर पुग्नेछ। यस्तोमा हुवावेले लोकप्रियता पाउनेछ। एप्पलले घाटा खानेछ।

Image result for trump vs huawei

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .