ad ad

प्रविधि


अन्तरिक्षयात्री निकले नेपाली स्याटलाई अन्तरिक्षमा यसरी राखेका थिए (तस्बिर)

अन्तरिक्षयात्री निकले नेपाली स्याटलाई अन्तरिक्षमा यसरी राखेका थिए (तस्बिर)

नेपालखबर
असार ४, २०७६ बुधबार १०:१०,

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका अमेरिकी अन्तरिक्ष यात्री निक ह्युगले नेपालको पहिलो नानो स्याटेलाइट ‘नेपाली स्याट वान’को अन्तरिक्षमा राखिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्।

आफ्नो ट्विटर ह्याण्डल प्रयोग गर्दै अन्तरिक्ष यात्री निकले जेइएम (जापान एक्स्पेरिमेन्ट मोड्युल)बाट बाहिर निकालिँदै गरेको तस्बिर राखेका छन्। उनले बर्ड्स कार्यक्रमअन्तर्गत निर्माण गरिएका नेपालसहित जापान र श्रीलंका तथा सिगापुरको गरी चारवटा नानो स्याटेलाइट अन्तरिक्ष छाड्ने कार्यको सुपरिवेक्षण गरेका थिए।

nep sat 2

वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट एन्टारेस रकेटमा हालेर सो स्याटलाइट अन्तरिक्ष केन्द्रमा पुर्‍याइएको थियो। जसलाई असार २ मा अन्तरिक्षमा छाडिएको थियो।

nep sat 3

९० मिनेटमा पृथ्वीलाई एक फन्को मार्ने सो नानो स्याटेलाइटलाई जापानमा अध्ययन गर्दै आएका आभास मास्के र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राविधिक हरिराम श्रेष्ठले निर्माण गरेका हुन्।

nep sat 4

सो स्याटलाइटलाई अन्तरिक्षमा पुर्याउन नेपाल सरकारले रकम उपलब्ध गराएको थियो।

सबै तस्बिर: निक ह्युग 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .