ad ad

रिभ्यु


यस्ता छन् चाडपर्वलक्षित सार्वजनिक भएका नयाँ गाडी, कुनको मूल्य कति?

यस्ता छन् चाडपर्वलक्षित सार्वजनिक भएका नयाँ गाडी, कुनको मूल्य कति?

नेपालखबर
असोज १२, २०७७ सोमबार ८:४४,

चाडपर्वलक्षित गर्दै अधिकांश अटो कम्पनीले नयाँ ‘नयाँ प्रोडक्ट’ ल्याएका छन्।

हरेक वर्ष नाडा अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दै आएका अटो व्यवसायीले यसपटक अनलाइनमार्फत नै नयाँ कारहरु सार्वजनिक गरेका छन्।

कोभिड १९ का कारण यस वर्ष अटो क्षेत्रमा पनि नराम्ररी प्रभाव परेको छ। यस्तो अवस्थामा भित्रिने नयाँ ‘प्रोडक्ट’ले नेपालको अटो बजार चलायमान हुने व्यवसायीले विश्वास गरेका छन्।

अटो व्यवसायीले नयाँ प्रोडक्टसँगै आकर्षक अफर समेत सार्वजनिक गरेका छन्। ६ महिना ठप्प रहेको अटो बजारलाई नयाँ प्रोडक्ट र राम्रा अफरले अटो व्यापार बढ्ने व्यवसायी बताउँछन्।

यो पनि–
ड्याट्सनको बीएस ६ ‘रेडी गो’को बुकिङ खुल्यो, पहिलो ५० ग्राहकलाई १ लाख छुट

व्यवसायीले आफ्नो प्रोडक्टलाई प्रतिस्पर्धा गराउन नगद छुटसहित, ६ महिनापछि किस्ता तिरे पनि हुने, २० देखि ३० प्रतिशतसम्म डाउन पेमेन्ट, एक वर्षको सडक दस्तुर छुट, ३/४ वर्षसम्म निःशुल्क सर्भिस, अत्यावश्यक एसोसिरिजसहितका व्यवस्था गरेका छन्।

कम्पनीहरुले मुख्यतः हचब्याग र एसयूभी सेगमेन्टका गाडी ल्याएका छन्। कम्पनीहरुबीच सन् २०२० को मोडलमा प्रतिस्पर्धा बढेको छ।

नेपालको अटो बजारमा १५ प्रतिशत बजार हिस्सा रहेको टाटा मोटर्सले प्रिमियम हचब्याग अल्ट्रोज सार्वजनिक गरेको छ। सुरक्षाको हिसाबले ग्लोबल इन्क्याबमा ५ स्टार पाएको अल्ट्रोजको प्रतिस्पर्धा हचब्यागसँग गर्नु नपर्ने टाटाले बताएको छ। टाटाको हचब्यागसँग अन्य कम्पनीले प्रतिस्पर्धा गर्नुपर्ने टाटाको दाबी छ।

यो पनि–
हुन्डाईको बीएस–६ मापदण्डको क्रेटा नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

अल्ट्रोज पेट्रोल र डिजेल दुवै सेगमेन्टमा सार्वजनिक भएको गाडीको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाट सुरु भई भेरियन्टअनुसार ३८ लाख ५५ हजारसम्म रहेको छ।

टाटाको हचब्यागसँग मुख्य प्रतिस्पर्धा फक्सवागनको पोलोले गर्नेछ। पोलोको नयाँ प्रोडक्ट टीएसआई इन्जिनमा रहेको छ। फक्सवागनले हचब्यागमा सबैभन्दा शक्तिशाली हुने दाबी गरेको छ। फक्सवागन पोलोमा १.० लिटर टीएसआई टर्बो चार्ज्ड इन्जिन रहेको छ।

यो पनि–
नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा, मूल्य ३४ लाख ९० हजार

दशैंअघि हुन्डाईले २०२० का ४ मोडल ल्याएको छ। भेन्यु, क्रेटा, ग्राण्ड आई टेन निओस र औराका नयाँ गाडी ल्याएको हो। भेन्यु केही अगाडि आएको हो भने अन्य केही दिनअघि मात्रै सार्वजनिक भएका छन्। क्रेटा र भेन्यु एसयुभी सेगमेन्टका हुन् भने औरा र ग्राण्ड आई१० निओस हचब्याग सेगमेन्टमा रहेका छन्।

यो पनि–
हुन्डाईको ग्रान्ड आई१० नियोस सार्वजनिक, सुरुवाती मूल्य ३० लाख ९६ हजार

के्रटाको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने ग्राण्ड आई१० निओसको ३० लाख ९६ हजार रहेको छ। त्यसैगरी औराको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रहेको छ भने भेन्युको ३६ लाख २६ हजारदेखि ५७ लाख ३६ हजारसम्म रहेको छ।

एसयूभी सेगमेन्टमा बहुचर्चित कियाको सोनेट दशैँमा नेपाल चढ्न पाउनेछन्। सोनेटमा पेट्रोल इन्जिनको अलावा ६ स्पिड टर्क कन्भर्टरसहितको अटोमेटिक डिजेल इन्जिन उपलब्ध रहेको छ। यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चार्ज्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराउँदै छ। उक्त गाडीको सुरुवाती मूल्य ३५ लाख ९० हजारबाट रहेको छ।

यो पनि–
हुन्डाईले ल्यायो ‘औरा’ कार, सुरुवाती मूल्य ३३ लाख ९६ हजार

रेनोको नयाँ गाडी सार्वजनिक भएको छ। बीएस ६ मापदण्डमा क्विड सार्वजनिक भएको हो। रेनोले क्विडको ‘आरएक्सटी ओ’ भेरियन्ट १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ। सुरुवाती मूल्य २४ लाख ९९ हजार रहेको छ।

टोयोटाका कोरोला क्रस एसयूभी सेगमेन्टमा नेपाल आइपुगेको छ। कम्पनीले अर्को हप्ता यो गाडी सार्वजनिक गर्ने बताएको छ। कोरोला क्रस लो र हाई गरी दुई भेरियन्टमा नेपालमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यो पनि–
डीएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, मूल्य साढे ५७ लाख

नेपालमा निसान र ड्याट्सनका गाडी पायोनियर मोटोकर्पले आधिकारिक बिक्री तथा वितरणले बीएस ६ का नयाँ मोडल ल्याउँदै छ। कम्पनीले निसानको लोकप्रिय मोडल किक्स बीएस ६ इन्जिनमा पनि चाडपर्वमा चढ्न पाउने बताएको छ। कम्पनीले ड्याट्सनको बीएस ६ को बुकिङ खुल्ला गरिसकेको छ। रेडी गोको मूल्य २३ लाख ९९ हजार रहेको छ।

यो पनि–
दशैँअघि नै नेपाल आउँदै छन् यी १० नयाँ मोडलका कार (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .