ad ad

रिभ्यु


हुन्डाई सेन्ट्रो: अब्बल सुरक्षालाई जाेड दिइएकाे आरामदायी कार (रिभ्यु)

हुन्डाई सेन्ट्रो: अब्बल सुरक्षालाई जाेड दिइएकाे आरामदायी कार (रिभ्यु)

नेपालखबर
असार ३०, २०७६ सोमबार १०:१०,

हुन्डाई कम्पनीका सवारीसाधनको नेपालको सोल बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालसालै नयाँ सेन्ट्रो कार बजारमा ल्याएको छ। अत्याधुनिक, ठूलो, फराकिलो, स्टाइलिस, आनन्ददायी र नवीनतम प्रविधिमा यो कार उपलब्ध गराइएको कम्पनीले दाबी गरेको छ।

के-के छन् सुविधा र मुख्य फिचर ?
Hyundai 2
मूल्य र भेरियन्ट
नयाँ सेन्ट्रोको मूल्य २४ लाख ९६ हजारबाट सुरु हुन्छ भने अन्तिम मूल्य २८ लाख ५६ हजार रहेको छ। माग्ना, स्पोर्ट्ज र माग्ना एएमटी भेरिएन्टका नयाँ सेन्ट्रो कारहरु भेरिएन्टअनुसार क्रमशः २४ लाख ९६ हजार, २६ लाख ९६ हजार र २९ लाख ५६ हजार मूल्य पर्ने कम्पनीले जनाएको छ। यी सबैको क्षमता १०८६ सीसी रहेको छ भने सबै भेरियन्ट पेट्रोलका हुन्।

hyndai 6

एक्सटेरियर र इन्टेरियर
क्रोम सराउन्डिङ फ्रन्ट ग्रिल रहेको गाडीमा बम्पर, बाहिरी डोर ह्यान्डल बडी कलरमा रहेका छन् भने हब क्यापसहित आर१४ ह्विल कभर्स तथा आउटसाइड डोर मिररमाथि टर्न इन्डिकेटर पनि राखिएको छ।

Hyundai 3

इन्टेरियरतर्फ गाडीमा अगाडि र पछाडि ढोकामा म्याप पकेट तथा १ लिटरसम्मको पानीको बोटल राख्न मिल्ने, रुम ल्याम्प, स्याम्पेन गोल्ड कलरको भित्री डोर ह्यान्डल्स, प्रिमियम डुअल टोन बेग एण्ड ब्लाक इन्टेरियर कलर रहेको छ।

Hyundai 4

इन्फोटेन्मेन्ट सिस्टम
गाडीभित्र एफएम/एएम अडियो, १७.६४ सीएमको टचस्क्रिन अडियो भिडियो सिस्टम, स्मार्ट फोन नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी जसमा एन्ड्रोइड अटो, एप्पल कार प्ले र मिररलिंकको सुविधा रहेको छ। त्यस्तै ब्लुटुथ र यूएसबी कनेक्टिभिटी, स्टिअरिङ ह्विल माउन्टेड कन्ट्रोल –अडियो, भिडियो र भ्वाइस रिकग्निसन समेत रहेको छ । यसमा हुन्डाईको आई ब्ल्यु, माइक्रो एन्टेना र अगाडि र पछाडि स्पिकर रहेका छन्।

Hyundai 5

आरामदायी फिचर
यसमा माथिका बाहेक निकै आरामदायी फिचर हरु पनि रहेका छन्। जस्तै विद्युतीय पावर स्टिअरिङ, म्यानुअल एसी, रियर एसी भेन्ट्स र इको कोटिङ प्रविधि, पावर आउटलेट, अगाडि र पछाडि दुवै पावर विन्डोज, विद्युतीय बाहिरी डोर मिरर, रियर पार्सेल ट्रे, रियर वाशर र वाइपर, टिकेट होल्डर, पेसेन्जर भ्यानिटी मिरर, फोल्डिङ सिट, रिमोट फ्युल लिड ओपन, रिमोट टेलगेट ओपनजस्ता आधुनिक सुविधा रहेका छन्।

Hyundai 7

सुरक्षात्मक विशेषता
गाडीमा सुरक्षालाई विशेष ध्यान दिइएको छ। यसमा इम्मोबिलाइजर, सेन्ट्रल लकिङ, फ्रन्ट फग ल्याम्प, रियर डिफगर, डे÷नाइट इन्साइड रियर भ्यु मिरर, पार्किङ असिस्ट्यान्ट सिस्टमहरु पार्किङ सेन्सर, अडियोसहितको रियर क्यामरा, ड्राइभर र पेसेन्जर दुवैका लागि एयरब्याग, सिटबेल्ट, एन्टिलक ब्रेकिङ सिस्टम, ईबीडी, स्पिड सेन्सिङ अटो डोर लक, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक र चाइल्ड सेफ्टी डोर लक्सजस्ता सुरक्षात्मक व्यवस्था गरिएको छ।

Hyundai 9

अन्य विशेषता
यो गाडीका अन्य जानकारीमूलक विशेषताबारे भन्नुपर्दा यसको ह्विलबेस २४ सय एमएम, फ्रन्ट ट्राक १४७६ (आर१३), १४६३(आर१४), रियर ट्राक १४९४(आर१३), १४८१ (आर१४) रहेको छ भने ३५ लिटरको इन्धन क्षमता छ। त्यस्तै यो गाडीको तौल १३१० किलो रहेको छ।

Hyundai 8

यो गाडीको ग्राउन्ड क्लियरेन्स १ सय ६५ एमएमको रहेको छ। गाडीमा ४ सिलिन्डर, १२ भाल्भेस कन्फिगुरेसनको इन्जिन, १०८६ सीसीको डिस्प्लेसमेन्ट तथा ५५ सय आरपीएममा ६९ पीएसको अत्यधिक शक्ति तथा ४५ सय आरपीएममा १०.१ केजीएमको टर्क क्षमता रहेको छ। ५ स्पिड म्यानुअल ट्रान्समिसनको यो गाडीको अगाडिको ब्रेक डिस्क र पछाडिको ड्रम रहेको छ। गाडीको टायर ट्युबलेस प्रकृतिको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .