ad ad

रिभ्यु


वागन आर: तेस्रो पुस्ताको नयाँ सुजुकी कार (रिभ्यु)

वागन आर: तेस्रो पुस्ताको नयाँ सुजुकी कार (रिभ्यु)

नेपालखबर
असार २५, २०७६ बुधबार ८:३४,

सीजी मोटोकर्पले सुजुकीको तेस्रो पुस्ताको नयाँ सुजुकी वागन आर कार नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता सीजीले मारुती सुजुकीको गाडी भर्खरै नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको हो। नयाँ गाडीले ग्राहकलाई प्रभाव पार्ने सीजीको दाबी छ।

कम्पनीका अनुसार यसको आकर्षक डिजाइन, पर्याप्त स्पेस, आनन्द अनुभव गर्न मिल्ने, अर्को पुस्ताको इन्फोटेनमेन्ट प्रणाली र उन्नत कि सिरिजको इन्जिनको कारण ग्राहकले यो गाडीलाई निकै रुचाउने कम्पनीले जनाएको छ।

wagon r 12

भेरिएन्ट र मूल्य

wagon r 15
वागन आर चार भेरिएन्टमा रहेको छ। एलएक्सआई १.० लिटर, भीएक्सआई १.० लिटर÷भीएक्सआई एजीएस १.०लिटर, भीएक्सआई १.२ लिटर/भीएक्सआई एजीएस १.२ लिटर र जेटएक्सआई १.२लिटर/जेटएक्सआई एजीएस १.२लिटर भेरिएन्टमा रहेको यो कारको मूल्य २४ लाख ९९ हजारबाट सुरु भएर २७ लाख ९९ हजारसम्मको रहेको छ। जसअन्तर्गत वागन आर भीएक्सआई १.० लिटरको ९ सय ९८ सीसी कारको मूल्य २४ लाख ९९ हजार पर्छ भने भीएक्सआई १.२ लिटरको ११ सय ९७ सीसीको मूल्य २६ लाख ९९ हजार पर्छ। त्यस्तै जेटएक्सआई १.२ लिटरको ११ सय ९७ सीसीको मूल्य २७ लाख ९९ हजार राखिएको छ।

wagon r 16

इन्टेरियर र एक्सटेरियर 
यो गाडीको इन्टेरियर आकर्षक छ। डुअल टोन इन्टेरियरयुक्त यो गाडी ६०ः४० स्प्लिट सिट, तीन पोजिसनको फ्रन्ट क्याबिन ल्याम्प, डे÷नाइट आईआरभीएम, टिल्ट स्टिअरिङ, सिल्भर इन्साइड डोर ह्यान्डल, ड्राइभर साइडमा टिकट होल्डरसहितको सनभाइजर रहेको छ। त्यस्तै यात्रु बस्नेपट्टि भ्यानिटी मिरर सनभाइजर र सिल्भर फिनिस गियर शिफ्ट नब रहेको छ। एक्सटेरियरतर्फ भने रुफ एन्टेना, फुल ह्विल क्याप्स, ओआरभीएममा सिग्नल ल्याम्प इन्टिग्रेटेड इलेक्ट्रिकल ओआरभीएम, रियर वाइपर तथा वाशर, बडी कलरको डोर ह्यान्डल, बम्पर रहेका छन्।

wagon r 18

इन्फोटेनमेन्ट
यस गाडीमा १७.७८ सीएमको टचस्क्रिन इन्फोटेन्मेन्ट रहेको छ। स्मार्टप्ले स्टुडियो, स्मार्टप्ले डक, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ब्लुटुथ, दुईवटा स्पिकर, यूएसबी कनेक्टिभिटी, स्टिअरिङ माउन्टेड अडियो कन्ट्रोल तथा भ्वाइस कन्ट्रोल प्रणाली जडान गरिएको छ।

wagon r 14

सुरक्षा प्रणाली
यो कारमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। ड्राइभर र पेसेन्जर दुवैका लागि एयरब्याग, इलेक्ट्रोनिक्स ब्रेकफोर्स डिस्ट्रिब्युसनसहितको एन्टिलक ब्रेकिङ प्रणाली, सिटबेल्ट, स्पिड अलर्ट सिस्टम, स्पिड सेन्सिटभ अटो डोर लक, सेक्युरिटी अलार्म, रियर पार्किङ सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड प्रुफ रियर डोर लक, फ्रन्ट फग ल्याम्पलगायतका अत्याधुनिक सुविधा रहेको छ।

wagon r 20

आराम र आनन्ददायी
यो कार निकै आनन्ददायी रहेको छ। यसमा रियर डिफगर, रिमोट कि–लेस इन्ट्र, फ्रन्ट–रोमा स्टोरेज स्पेससहितको एसेसरी सकेट, अटो डाउन फंक्सनसहितको पावर विन्डोज, एसी र हिटरको व्यवस्थाजस्ता आरामदायी सुविधा छन्। यसबाहेक त्यस्तै चारवटै ढोकामा १ लिटरको बोटल राख्ने ठाउँ, रियर पार्सेल ट्रे, सिटपछाडि पकेटको व्यवस्था, रिक्लिनिङ तथा अगाडिको सिटमा स्लाइडिङको व्यवस्थाजस्ता फिचरले आराम दिने व्यवस्था रहेको छ।

wagon r 19

डिमेन्सन, इन्जिन र क्षमता
यो कार ३ हजार ६ सय ५५ एमएमको लम्बाइ, १ हजार ६ सय २० एमएमको चौडाइ, १ हजार ६ सय ७५ एमएमको उचाइ, २ हजार ४ सय ३५ एमएमको ह्विलबेस र ४.७ एमको टर्निङ रेडियस रहेको छ। त्यस्तै ९ सय ९८ सीसी र ११ सय ९७ सीसीका इन्जिन, ३ र ४ सिलिन्डर, ५५ सय आरपीएममा ५० केडब्ल्यु र ६ हजार आरपीएममा ६१ केडब्ल्युको इन्जिन आउटपुट तथा ३५ सय आरपीएममा ९० एनएम र ४२ सय आरपीएममा ११३ एनएम टर्क क्षमता रहेको छ। ५ जनाको सिट क्षमतायुक्त यो कारमा ३२ लिटरको इन्धन ट्यांकी रहेको छ। यस गाडीको टायर ट्युबलेस र रेडियलयुक्त छ।

wagon r 17

पूरा गाडीको तौल भने १ हजार ३ सय ४० किलोको छ। त्यस्तै ब्रेकतर्फ अगाडि डिस्क र पछाडि ड्रमब्रेक रहेको छ। यो गाडी माग्मा ग्रे, अटम अरेन्ज, सिल्की सिल्भर, नटमेग ब्राउन, सुपेरियर ह्वाइट र पुलसाइड ब्लु रंगमा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .