ad ad

रिभ्यु


किया सेल्टोस र हुन्डाई क्रेटाः कुन कार कस्ता? (रिभ्यु)

किया सेल्टोस र हुन्डाई क्रेटाः कुन कार कस्ता? (रिभ्यु)

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १०:४,

कियाको सेल्टोस र हुन्डाई क्रेटा आफूलाई एक अर्कोलाई प्रतिस्पर्धी मानेका छन्। एसयूभी मोडलका दुवै गाडी नेपालमा लोकप्रिय छन्।

‘क्रेटा एसयूभी’ उत्कृष्ट डिजाइन, आकर्षक मोडल, उच्च क्षमताको इन्जिनयुक्त र डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ। किया सेल्टोसले आफूलाई वातावरणमैत्री भएको दाबी गर्ने गरेको छ। सेल्टोस भारत–६ इन्जिन जडित कियाको ग्लोबल मोडल हो।

सुरक्षित, आकर्षक, पावरफुल दाबी गर्ने यी गाडीमा मुख्य अन्तर के छ?
मूल्य
पेट्रोल भेरिएन्टमा क्रेटाको तुलनामा सेल्टोस महंगो छ। १६ सय सीसीका इन्जिन भएको क्रेटाका ४६ लाख ५६ हजारदेखि ६१ लाख ९६ हजारसम्म मूल्य पर्छ। पेट्रोल इन्जिनको सेल्टोस एचटीके ४९ लाख ९० हजार, एचटीके प्लस ५३ लाख ४० हजार, एचटीएक्स ५९ लाख ९० हजार र एचटीएक्स प्लसको ६६ लाख ९० हजार रहेको छ।

त्यस्तै हुन्डाईको डिजेल भेरिएन्टको नेपाली बजारमा ४३ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार पर्छ। डिजेल इन्जिनमा रहेको एचटीके प्लसको मूल्य ५७ लाख ९० हजार रहेको कम्पनीले उल्लेख गरेको छ।

पावर
१.६ लिटर डिजेल इन्जिन भएको क्रेटाको १२८ पीएस अधिकतम पावर रहेको छ। गाडीले २६.५ केजीएम टर्क पावर जेनेरेट गर्छ। अर्को १.४ लिटर डिजल इन्जिन भएको क्रेटाले ९० पीएस र २२.४ केजीएम टर्क जेनेरेट गर्छ। त्यस्तै १२३ पीएस रहेको १.६ डुअल पेट्रोल इन्जिन भएको गाडीले १५.४ केजीएम टर्क जेनेरेट गर्छ। १६ भल्भका सबै गाडीमा ४ वटा सिलिन्डर रहेका छन्। फल ट्याङ्क ५५ लिटरको रहेको छ।

कियाको सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बेचाज्र्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बोचाज्र्ड अप्सनमा रहेको छ। डिजेल भेरिएन्टतर्फ यो कारको हर्सपावर ४ हजार आरपीएममा ११५ पीएस, अधिकतम टर्क १५ सयदेखि २७ सय ५० सम्म आरपीएममा २५० एनएम रहेको छ। त्यस्तै पेट्रोलतर्फ यो कारको हर्सपावर क्षमता ६ हजार आरपीएममा १४० पीएस/११५ पीएस, अधिकतम टर्क क्षमता १५ सयदेखि ३२००/४५०० आरपीएममा २४२ एनएम/१४४ एनएम रहेको छ। इन्धन क्षमता ५० लिटर रहेको छ।

सेफ्टी
दुवै गाडीले सुरक्षालाई विशेष प्राथमिकता दिएको बताएका छन्। दुवै गाडीमा सुरक्षाको लागि ६ वटा एयरब्याग छन्। एन्टीलक बे्रकिङ सिस्टमसँग इलेक्ट्रिक ब्रेकिङ फोर्स डिस्ट्रिब्युसन छ। यसले प्यानिक ब्रेकिङको बेला ह्विल लकअप र स्थिर ब्रेकिङलाई सुनिश्चित गर्छ।

त्यस्तै क्रेटा र सेल्टोस दुवैले सुरक्षाको लागि सवारी स्थिरता व्यवस्थापन (भीएसएम) गरेका छन्। यसले गाडीको पावर स्टियरिङलाई स्वचालित रुपमा नियन्त्रण गरेर दिशालाई स्थिरता दिन्छ। गाडीमा हिल–स्टार्ट सहायता नियन्त्रण समेत रहेको कम्पनीले उल्लेख गरेको छ।

फिचर
४२७० मिलिमिटर लामो क्रेटामा ४०० लिटरको बुट स्पेस छ। गाडीको पछाडिको भागमा पनि धेरै सामान राख्न सकिन्छ। क्रेटामा कुल ग्लोब बक्स, रेयर पार्किङ एसिस्ट विथ डाइनामिक गाइडलाइन्स (रिभर्स पार्किङ क्यामेरा)लगायत सुविधा उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स १८५ मिलिमिटर छ।

ह्विलबेस २५९० मिलिमिटर र उचाइ १६३० मिलिमिटर छ। भित्री डिजाइन आकर्षक रहेको क्रेटाभित्रै अडियो र ब्लुटुथ कन्ट्रोलसहितको मल्टिफंक्सनिङ स्टेरिङ र ५ इन्चको टच स्क्रिन अडियो सिस्टम राखिएको छ। १ जीबी इन्टरनल मेमोरी र रेयर एसी भेट गाडीमा राखिएको अर्को विशेषता हो।

किया सेल्टोसमा मुख्य गरी प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर फगल्याम्प, ईबीडी र एबीएससहितको डुअल एयरब्याग, १० इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट, एन्ड्रोइड अटो, एप्पल कारप्ले र भ्वाइस रिकग्निसन, ब्लुटुथ र स्टिअरिङ माउन्टेड कन्ट्रोल, रियर पार्किङ सेन्सरसहितको रियरभ्यु क्यामरा, ड्राइभिङ रियर भ्यु मोनिटर, इलेक्ट्रिक टर्न इन्डिकेटर, रुफ रेल, रियर एसी भेन्टलगायतका फिचरहरु रहेका छन्। त्यस्तै बीओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, डी कट स्टेरिङ, युभी ग्लासजस्ता विशेषता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .