ad ad

रिभ्यु


फोर्ड फिगो: नवीनतम प्रविधिको कार (रिभ्यु)

फोर्ड फिगो: नवीनतम प्रविधिको कार (रिभ्यु)

नेपालखबर
असार १०, २०७६ मंगलबार ११:५२,

चर्चित अटोमेकर फोर्डको नयाँ गाडी ‘फोर्ड फिगो’ नेपाली बजारमा आइसकेको छ। कम्पनीको नेपालको लागि अधिकृत बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले गत चैत दोस्रो सातादेखि नै यो गाडी नेपाली बजारमा भित्र्याएको हो। कम्पनीको थापाथलीस्थित गो फोर्ड शोरुमबाट यो कार खरिद गर्न सकिन्छ।

यी हुन् मुख्य विशेषताहरु
ford figo 4
यो कार फोर्डको मौलिक स्वरूप र शक्तिशाली इन्जिन क्षमतासहित २०१९ संस्करण हो। आकर्षक डिजाइनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्यू इन्टिरियेरका साथ उपलब्ध फिगोमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषता समावेश गरिएको छ ।

भेरिएन्ट र मूल्य
यो कार एम्बियन्टी, टिटानियम र टिटानियम ब्लु भेरिएन्टमा उपलब्ध छ। यसको सुरुवाती बजारमूल्य २४ लाख ९९ हजार रहेको छ। अल न्यु फिगोको पेट्रोल र डिजेल भेरिएन्टको छुट्टाछुट्टै मूल्य रहेको छ। जसअन्तर्गत १.२ लिटर एम्बियन्टी एम÷टीको मूल्य २४ लाख ९९ हजार, १.२ लिटर टिटानियम एम÷टीको मूल्य २७ लाख ९९ हजार तथा १.५ लिटर टिटानियम ए÷टीको मूल्य भने ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ। उक्त सबै पेट्रोल भेरिएन्टको हो भने डिजेलतर्फ १.५ लिटर एम्बियन्टी एम÷टीको २७ लाख ९९ हजार र १.५ लिटर टिटानियम एम÷टीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ।

एक्सटेरियर
तीनवटै भेरिएन्टमा रियर फग ल्याम्प रहेका छन् भने एम्बियन्टीको बाहिरी ढोका ह्यान्डल, फ्रन्ट ग्रिल सराउन्ड, ग्रिल मेस र बाहिरी रियर भ्यु मिरर कालो रहेको छ। त्यस्तै टिटानियममा भने बडी कलरयुक्त आउट डोर ह्यान्डल, फ्रन्ट ग्रिल सराउन्ड क्रोम तथा सिल्भर कलरको ग्रिल मेस रहेको छ। यस्तै बाहिरी भ्यु मिरर बडी कलरमै रहेको छ। तीनवटै भेरिएन्टको फिगोमा अगाडि र पछाडि बम्पर सबैको बडी कलरकै रहेको छ। फग ल्याम्प बेजेलको कुरा गर्दा एम्बियन्टीको कालो, टिटानियमको क्रोम र टिटानियम ब्लुको नीलो रहेको छ। टिटानियम ब्लुमा बडी कलरको बाहिरी ढोका ह्यान्डल तथा फ्रन्ट ग्रिल सराउन्ड, ग्रिल मेस, बाहिरी भ्यु मिरर सबै निखरा कालो रहेको छ। टिटानियम र टिटानियम ब्लुमा अलोय ह्विल, फ्रन्ट फग ल्याम्प, बि पिलर ब्ल्याक एप्लिक, रियर डिफगर रहेका छन्।

इन्टेरियर
ford figo 3

फिगोको सिट अपहोल्स्ट्री फेब्रिक रहेको छ। यस्तै, फ्रन्ट सिट हेडरेस्ट, म्याप पकेट, पार्किङ ब्रेक लिभर टिप, १२भीको पावरपोइन्ट, प्यासेन्जर भ्यानिटी मिरर, रियर प्याकेज ट्रेलगायतका सुविधा छन्।

इन्फोटेन्मेन्ट
फिगोमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इम्बेडेड नेभिगेसन, रेडियो तथा अडियो, यूएसबी, ब्लुटुथ अगाडि र पछाडि गरी चार स्पिकर रहेका छन्।

फिचर
फिचरको कुरा गर्नुपर्दा फ्रन्ट डोम ल्याम्प, वेल्कम ल्याम्प, टिल्ट स्टिअरिङ, डे÷नाइट इनर रियर भ्यु मिरर, डोर अजार वार्निङ, लो फ्युल वार्निङ, पावर विन्डोज, ड्राइभर साइडमा वान टच डाउन पावर विन्डोज, इन्टरमिटेन्ट फ्रन्ट वाइपर, प्रतिघण्टा १५ किमि गतिमा आफैँ ढोका लक हुने प्रणाली, इलेक्ट्रिक बुट रिलिजजस्ता फिचर रहेका छन्। यसबाहेक अटो एसी, बुट ल्याम्प, स्टिअरिङ ह्विल माउन्टेड अटो कन्ट्रोल, गियर शिफ्ट इन्डिकेटर, ओआरभीएम टर्न इन्डिकेटर, पुस बटन स्टार्ट, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प, लेदर बेरिएको स्टिअरिङ ह्विल यसमा रहेको छ।

Ford Figo 2

भरपर्दो सुरक्षा प्रणाली
सुरक्षालाई महत्वपूर्ण ध्यान दिइएको फिगोमा देख्न सकिन्छ। जस्तै चालक र यात्री दुवैका लागि एयरब्याग, एन्टि लक ब्रेकिङ प्रणाली, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, इन्जिन इम्मोबिलाइजर, सिटबेल्ट, सिटबेल्ट रिमाइन्डरजस्ता सुरक्षात्मक प्रणाली यसमा छन्। यसबाहेक रियर पार्किङ एड, रिमोट कि–लेस इन्ट्री, पेरिमिटर अलार्म, साइड एण्ड कर्टेन एयरब्यागलगायतका सुरक्षा कवचको व्यवस्था यसमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .