इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता महेश बस्नेतले अग्रता कायम राखेका छन्। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई सुरुवाती रुझानदेखि नै पछि पार्दै बस्नेतले अग्रता कायम राखेका हुन्।
पछिल्लो विवरण अनुसार यहाँ अहिलेसम्म २३ हजार ८ सय ६५ मत गणना भएको छ। जसमध्ये बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन्।
एकीकृत समाजवादीका नेता झलनाथ खनाल ८ हजार ७ सय ८० मत सहित पछ्याइरहेका छन्। यहाँ जम्मा ५९ हजार १ सय ३६ मत खसेको थियो।
प्रतिक्रिया