प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ।
सरकारले यसअघि प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश टेवल गराएको थियो।
अध्यादेशलाई प्रदेशसभा सञ्चालन भएको ६० दिनभित्र विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने हुन्छ। सरकारले सोही अनुसार तयारी भइरहेको जनाएको छ।
प्रदेशसभा सचिव गोपाल पराजुलीले आज बस्ने प्रदेश सभा बैठकमा सरकारको तर्फ बाट कुनै पनि विधेयक पठाएको छैन।
त्यसैगरी आजको प्रदेशसभा बैठकले कार्यव्यवस्था परामर्श समिति निर्माण हुने र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन हुनेछ। प्रत्येक नयाँ संसदले आफू संचालन गर्ने नियमावली आफैं बनाउनु पर्ने अभ्यास छ।
विजनेस अभावका कारण तीन साता लामो स्थगनमा रहेर सोमबार बस्न लागेको प्रदेश १ संसद्को अर्को बैठक पनि विजनेसविहीन अवस्थामै आयोजना हुने भएको हो।
पुस ३० मा उपसभामुख चयन गरेपछि विजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालीन स्थगनमा गएको थियो।
प्रतिक्रिया