ad ad

कोशी


विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ विस्तार

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ विस्तार

नेपालखबर
माघ १८, २०७९ बुधबार २१:४३, विराटनगर

यात्रुहरूको सहजतालाई दृष्टिगत गर्दै विराटनगर विमानस्थलले आगमन कक्षमा कन्भेयर बेल्ट विस्तार गरिएको छ।

२ करोडको लागतमा विस्तार गरिएको कन्भेयर बेल्टको नेपाल नागरिक उडड्यन प्राधिकरण उडड्यन सेवा निर्देशनालयका उपमहानिर्देशक हंसराज पाण्डेले बुधबार एक कार्याक्रमका बीच उद्घाटन गरेका छन्।

नागरिक उड्डयन प्राधिकरण अनुसार यसले आन्तरिक उडानबाट आएका ब्यागेज र यात्रुका अन्य सामानको उचित व्यवस्थापनमा सघाउ पुग्ने विश्वास लिइएको छ। ४० मिटर लम्बाई र साढे दुई मिटर चौडाइको कन्भेयर बेल्ट विस्तारसँगै अब एक पटकमा २ हजार ४ सय ब्यागेज क्लियर गर्ने क्षमता रहेको छ।

काठमाडौंको सिटीएचएनटीई जेभीले बेल्ट जडानको ठेक्का लिएको थिएको थियो।

कन्भेयर बेल्ट जडान भइसकेपछि यसले ब्याग संकलनका निम्ति विमानस्थलमै हानाथाप गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका सूचना अधिकारी युवराज भण्डारीले बताए।

भण्डारीका अनुसार विमानस्थलमा विस्तार गरिएको कन्भेयर बेल्टमार्फत एक पटकमा २ हजार ४ सय ब्यागेज क्लियर गर्नेछ। 

नेपाल नागरिक उडड्यन प्राधिकरणले गत चैत्रदेखि नै विराटनगरसहित देशका ३ वटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’ को सुविधा थप गर्ने योजना अघि सारेको थियो। 

योजनाबमोजिम प्राधिकरणले विराटनगरसहित नेपालगञ्ज र धनगढी विमानस्थलमा पनि एकैसाथ कन्भेयर जडानको प्रक्रिया अगाडि बढाउन बोलपत्र समेत खुलाएको थियो।

सोही अनुसार गएको पुस २१ बाट विराटनगर विमानस्थलबाट कन्भेयर बेल्ट बिस्तारको काम अघि बढेको थियो।

विमानस्थलमा यात्रुहरू जहाजबाट ओर्लिएपछि आफ्नो ब्यागेजका लागि पर्खिनुपर्ने अवस्थाको अन्त्यका निम्ति बेल्टको सुविधा थप गरिएको बताइएको छ। 

यसले विमानस्थलको प्राविधिक सुविधा अभिवृद्धि हुनुका साथै यात्रुहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सेवा समेत प्राप्त गर्ने बताइएको छ।

विभिन्न चार वटा वायुसेवा कम्पनीले विराटनगर विमानस्थलबाट दैनिक २० वटा नियमित उडान भर्ने गरेका छन्।

प्रदेश १ कै ब्यस्त विमानस्थलका रुपमा लिइने विराटनगर विमानस्थललाई केही समयअघि अत्याधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बनाउने भनिएपनि लगानीको अभाव देखाउँदै सो निर्णयबाट सरकार पछि हटेपछि विस्तारको काम रोकिन पुगेको छ।

संघ, प्रदेश र विराटनगर महानगरपालिकाको संयुक्त लगानीको हाल कायम रहेको १ हजार ५ सय मिटरको रन वेलाई विस्तार गरी  ३ हजार मिटरमा विस्तार गर्ने गरी सर्भेको काम सम्पन्न भई जग्गा अधिग्रहण प्रक्रिया समेत शुरु भएको थियो।

तर लगानीको अभाव देखाउँदै संघ सरकारले हात झिकेपछि गरिएको जग्गा अधिग्रहण पनि हाल फुकुवा गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .