मोरङको सुन्दरहरैंचा नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सुन्दरहरैंचा–३ स्थित ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सुमित खवासको अस्पताल पु¥याउनासाथ निधन भएको हो।
प्रदेश नम्बर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को ३५ प ६७४८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।
चालक बुढीगंगा गाउँपालिका–७ मोरङ निवासी हुन्। उनलाई उपचारका लागि धरान घोपा लगिएको थियो।
दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया