ad ad

कोशी


झापा क्षेत्र नं ३ र ५ को मतगणना सुरु हुँदै

झापा क्षेत्र नं ३ र ५ को मतगणना सुरु हुँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ८:२१, काठमाडौँ

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ ।

झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने  क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ शुरु हुनेछ।

त्यस्तै, क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ। कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ।

निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नं ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .