ad ad

कोशी


सबैभन्दा उच्च र कम उचाइमा परेका सोलुका दुई मतदान केन्द्र

सबैभन्दा उच्च र कम उचाइमा परेका सोलुका दुई मतदान केन्द्र

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १८:३, काठमाडौँ

सोलुखुम्बुको पाङबोचे मतदानस्थल जिल्ला कै सबैभन्दा उच्च स्थानमा रहेको मतदान केन्द्रमा परेको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पाङबोचे मतदानस्थल करिब चार हजार मिटरको उचाइमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मङ्सिर ४ गते हुने निर्वाचनका लागि उक्त मतदान केन्द्रमा ३८४ जना मतदाता छन् भने मतदान अधिकृतसहित आठ जना कर्मचारी खटिएका छन्। उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा खुम्जुङ माविका प्रधानाध्यापक ङवाङ दोर्जी वाईनङ (एनडी राई) खटिएका छन्। 

उच्च स्थान भएकाले पानी जम्नेलगायत विभिन्न चुनौतीका बीच व्यवस्थापनको काम गरिरहेको मतदान अधिकृत ङ्वाङ दोर्जी वाईनङ (एनडी राई)ले बताए। जिल्लाको सबैभन्दा उच्च स्थानमा पाङबोचे मतदानस्थल परेको छ भने जिल्लाको सबैभन्दा कम उचाइको मतदान केन्द्रमा नेचासल्यान गाउँपालिका(४ स्थित सगरमाथा आधारभुत विद्यालय मतदान केन्द्र परेको छ। 

करिब आठ सय मिटरको उचाइमा अवस्थित सगरमाथा आवि सबैभन्दा कम उचाइको मतदान केन्द्र भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त केन्द्रमा सात सय ६७ जना मतदाता छन् भने आठ जना कर्मचारी खटिएका छन्। सो स्थलको मतदान अधिकृतका रुपमा प्रकाश राई खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .