ad ad

कोशी


उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

सुमन पुरी
कात्तिक ९, २०७९ बुधबार ७:३४, विराटनगर

उदयपुरमा भिरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।  

कटहरी नगरपालिका ११ हर्देनी स्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ भीरबाट ५ सय मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बरबहादुर श्रेष्‍ठ ५ सय मिटर तल मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।

उक्त मोटरसाइकलको पछाडि बसेका २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .