ad ad

कोशी


ब्याजदर घटाउन माग गर्दै प्रदेश १ का उद्योगी व्यवसायी आन्दोलनमा

ब्याजदर घटाउन माग गर्दै प्रदेश १ का उद्योगी व्यवसायी आन्दोलनमा

सुमन पुरी
कात्तिक ३, २०७९ बिहिबार १९:१३, विराटनगर

प्रदेश १ का उद्योगी व्यवसायीहरूले बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलनको घोषणा गरेका छन्। 

बैंकहरुले मनपरी ब्याजदर बृद्धि गरेकाले उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले विराटनगरमा आयोजना गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तक्रिया कार्यक्रका क्रममा व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्। 

राष्ट्र बैंकको कार्यालयमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने कार्यक्रम पहिलो चरणमा तय गरिएको छ। यसलाई उद्योगी व्यापारीहरुले सांकेतिक आन्दोलनको कार्यक्रम भनेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकहरुले मनपरी बढाएको ब्याजले उद्योगी व्यवसायी टिक्नै नसक्ने अवस्थामा पुगेको बताए। 

उनले आफूहरुले राखेको माग कतैबाट नसुनिएकोले आन्दोलनमा उत्रनु परेको बताए।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले शान्तीपूर्ण रुपमा उठाएको आवाज राज्यले सुन्नु पर्ने बताए। 

उनले ब्याजदर नघटाए प्रदेश १ का उद्यम व्यवसाय धराशायी हुने गम्भीर परिस्थिति आएको बताए। उनले ज्ञापनपत्र र सुझाव बेवास्ता गरिए कडा खालको आन्दोलन गर्ने चेतावनी पनि दिए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले निजी क्षेत्रका लागि यो समय टर्निङ प्वाइन्ट भएको बताए। 

अन्तरक्रियामा प्रदेश १ का विभिन्न जिल्लाबाट उद्योगी व्यवसायीहरु आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .