ad ad

कोशी


पर्शुराम र जीवन घिमिरेले खोसिएको टिकट पाए

पर्शुराम र जीवन घिमिरेले खोसिएको टिकट पाए

सुमन पुरी
असोज २३, २०७९ आइतबार १४:१६, विराटनगर

मोरङमा एमाले र जसपासँग भएको चुनावी तालमेलमा क्षेत्र हेरफेर भएको छ । 

क्षेत्र बाँडफाँटमा हेरफेर हुदा मोरङको ५ नम्बर  निर्वाचन क्षेत्र सबै जसपाले पाएको छ ।

त्यहाँ संघ र प्रदेश सबैमा जसपाका उमेदवारलाई एमालेले सघाउनेछ। यसअघि मोरङ ५, ५ ख ४ ख र ६ ख जसपालाई दिने सहमति भएको थियो।

केन्द्रमा भएको सहमतिको विरुद्धमा एमाले मोरङमा चरम असन्तुष्टि भएपछि एमाले नेता गुरु बराल क्षेत्र हेरफेर गर्न काठमाडौं गएका थिए । 

उम्मेदवारी फाइनल भएर भोट माग्दै हिँडेका मोरङ ६ खबाट उमेदवार बन्न चाहेका पर्शुराम बस्नेत र ४ ख मा जीवन घिमिरेको तालमेलका कारण टिकट खोसिएपछि असन्तुष्टि भएको थियो ।

हेरफेरपछि दुवैले टिकट पाएको एमाले नेता गुरु बरालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .