ad ad

कोशी


प्रदेश १ मा जसपासँग सिट बाँडफाँडप्रति एमालेमा असन्तुष्टि, पुनर्विचार गर्न माग

प्रदेश १ मा जसपासँग सिट बाँडफाँडप्रति एमालेमा असन्तुष्टि, पुनर्विचार गर्न माग

गुरु बराल


सुमन पुरी
असोज २२, २०७९ शनिबार ९:२१, विराटनगर

एमाले प्रदेश १ का नेताहरूले जसपासँगको क्षेत्र बाँडफाँड पुनर्विचार गर्न माग गरेका छन्। एमाले एक्लैले जित्ने क्षेत्र पनि जसपालाई दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको हो। जिल्लाबाट सर्वसम्मत उम्मेदवार तोकिएपछि केही नेता भोट माग्नसमेत थालिसकेका थिए। 

यहीबीच पार्टीले जसपासँग सिट बाँडफाँड गर्दै आफ्नो टिकट खोसेपछि एमाले प्रदेश नम्बर १ का नेताहरू असन्तुष्ट भएका हुन्। भुगोल र जिल्लाको राय, सल्लाहबिना क्षेत्र बाँडफाँड भएकाले पुनर्विचार गरिनुपर्ने उनीहरूको माग छ।

जिल्लाको वस्तुस्थिति बुझाउन र क्षेत्र बाँडफाँडका विषयमा थप कुरा गर्न एमाले प्रदेश १ ले एमाले स्थायी कमिटी सदस्य गुरु बराललाई जिम्मा दिएको छ। यसका लागि बराल काठमाडौं पुगेका छन्।  बरालले अहिलेसम्म क्षेत्र बाँडफाँडमा पुनर्विचार गर्नेबारे अहिलेसम्म कुनै प्रगति नभएको बताए। 

एमालेले प्रदेश १ मा प्रतिनिधि सभातर्फ २ सिट जनता समाजवादी पार्टी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिँदै २५ सिट आफूलाई राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .