ad ad

कोशी


एमाले-जसपा तालमेलको इफेक्ट : राजेन्द्र र जयकुमारको टिकट खोसियो

एमाले-जसपा तालमेलको इफेक्ट : राजेन्द्र र जयकुमारको टिकट खोसियो

सुमन पुरी
असोज २१, २०७९ शुक्रबार २०:४२, मोरङ

जसपासँग चुनावी तालमेल गर्दा धनकुटामा राजेन्द्र राईको पनि टिकट खोसिएको छ। उनको ठाँउमा एमाले जसपा गठबन्धनबाट रकम चेम्जोंग उमेदवार हुने भएका छन्। 

धनकुटाबाट एमालेबाट राजेन्द्र राई सर्वसम्मत उमेदवार सिफारिस भएका थिए। ०७४को निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

जसपासँग तालमेल गर्दा प्रदेश १ मा प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र जसपालाई छाड्न एमालेले सहमति जनाएको छ। 

सहमति अनुसार एमालेले मोरंग ५ र सुनसरी १ पनि जसपालाई छाड्ने छ। सुनसरी १ बाट पनि एमालेले जयकुमार राईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियोे। सर्वसम्मत नाम सिफारीस भएपछि उनी चुनावी अभियानमा थिए। जसपासँग चुनावी तालमेल भएपछि उनको पनि टिकट खोसिएको छ । सुनसरी १ मा जसपाका शीर्ष नेता अशोक राईलाई एमालेले सघाउने भएको छ । 

यस्तै एमालेले मोरङ ५ पनि जसपालाई छाडेको नेकपा एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

मोरंग ५ बाट जसपाका राजकुमार यादव उम्मेदवार .बन्ने छन्। सत्ता गठबन्धनमा मोरङ ५ र धनकुटा नपाउने भएपछि जसपा एमालेसँग तालमेलको प्रयासमा थियो। 

प्रदेश १ मा जसपालाई प्रदेशका ७ निर्वाचन क्षेत्र दिन एमाले सहमत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .